fbpx

बंगलादेशका कप्तान सकिबमाथि २ वर्षे प्रतिबन्ध

काठमाडौं १२ कात्तिक । आइसीसीले बंगलादेशका टेष्ट र टी २० कप्तान सकिब अल हसनमाथि २ वर्षे प्रतिबन्ध लगाएको छ ।

सट्टेबाजको प्रस्तावबारे जानकारी नदिइ भ्रष्टाचार विरोधी संहिताको उंल्लघन गरेको भन्दै अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले असनमाथि २ वर्षसम्म क्रिकेटका कुनै पनि गतिविधिमा संलग्न हुन प्रतिबन्ध लगाएको हो ।

यद्यपि उनको प्रतिबन्ध मध्ये १ वर्ष निलम्बन हो । सकिबले पनि आफ्नो गल्ती स्वीकार गर्दै सट्टेबाजको प्रस्तावबारे जानकारी नदिएर गल्ती गरेको स्वीकार गरे । उनले आफूले जस्तो गल्ती अरु खेलाडीहरुले नगरुन् भनेर आईसीसीले चलाउने अभियानमा साथ दिने बताए ।

Loading...