fbpx

पाकिस्तानमा व्यापारीहरुको हड्ताल

विराटनगर १३ कात्तिक । पाकिस्तानमा इमरान खानको सरकारको आर्थिक नीतिको विरोधमा व्यापारीहरुले दुई दिने हड्ताल सुरु गरेको छन् ।

मंगलवारदेखि सुरु भएको हड्तालको कारण ठुलै असर देखिएको मिडियाहरुले जनाएका छन् । भोली (बुधबार) पनि हुने हड्तालको पहिलो दिन देशभर व्यापारीक कारोबार ठप्प भएको छ । राजधानी इस्लामाबादलगायत ठुला सहर सिंधको राजधानी कराची, पंजाब प्रान्तको राजधानी लाहोर, खैबर पख्तूनख्वा प्रान्तका राजधानी पेशावर लगायतका क्षेत्रमा पसल र सपिगं मल बन्द छन् ।

व्यापारीहरुले प्रधानमन्त्री इमरान खानको राजीनामाको माग गर्दे हड्ताल सुरु गरेका हुन् । उनीहरुको साथमा विपक्षी नेता मौलाना फजलुर रहमानपनि देखिएका छन् । व्यापारीहरुले सरकारप्रति आफ्नो असन्तुष्टि पोख्दै गरेको हड्तालमा प्रधानमन्त्री खानले भने आर्थिक नीति नबदल्ने बताएका छन् । पाकिस्तानको अर्थव्यवस्था चरम संकटमा रहेको छ ।

Loading...