fbpx

पत्रपत्रिकामा प्रदेश : खाद्य संस्थानको चामल मदिरा बनाउन बढी खपत

विरारटनगर १० कात्तिक । ताप्लेजुङमा खाद्य संस्थाले उपलब्ध गराउने चामलको बढी प्रयोग भने मदिरा बनाउन खपत हुने गरेको कान्तिपुर दैनिकमा समाचार छ ।

नागरिकलाई सुलभ मूल्यमा चामल उपलब्ध गराउन पुर्याइएको चामल खानको लागि भने कमैले मात्रै लैजाने गरेका छन् । खाद्य संस्थाले पुरानो चामल बेच्ने र सो चामलको जाँड राम्रो हुने, अनि रक्सीपनि मिठो हुने ताप्लेजुङको फुङलिङ नगरपालिकाकी कमला लिम्बूले बताइन् ।

चाडवाड आएपछि भने जाँडरक्सी बनाउन खाद्य संस्थानकै चामल लाने उनले बताइन् । खाद्य संस्थान ताप्लेजुङ शाखाकी प्रमुख तुलमाया लोंवाले आफूहरुले सोद्धापनि कतिपयले यस्तै भन्ने गरेको बताइन् । उपभोक्ताहरुले भात खानै लगेपनि हिनताबोधको कारण जाँडरक्सी बनाउने भन्ने गरेको उनले बताइन् । खाद्य संस्थानले सोना मन्सुली चालम बिक्री गर्दै आएको छ । ताप्लेजुङमै उत्पादन भएको खाद्यान्नको ४० प्रतिशत हिस्सा पनि मदिरा उत्पादनमै प्रयोग हुने गरेको छ ।
उद्घोष दैनिकमा मन्त्रीकै सामुन्ने माधव नेपालले भने प्रदेश सरकार हुतीहारा शिर्षकमा मुख्य समाचार छापेको छ । सुनसरीको इटहरीमा शनिबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा नेकपाका नेता माधवकुमार नेपालले प्रदेश सरकारले प्रदेशको नामाकरण गर्न नसकेको भन्दै हुतीहाराको संज्ञा दिएका हुन् । प्रदेशको नाम कोशी राख्न समेत उनले सुझाब दिए । कार्यक्रममा सामाजिक विकासमन्त्री जीवन घिमिरेपनि सहभागी थिए ।

नयाँ पत्रिका दैनिकमा बागवानी विकास केन्द्र इलाममा उन्नत जातको आलुको विउको माग उच्च आएको समाचार छापिएको छ । ६ सय मन भन्दा बढी विउको माग रहेको केन्द्रका वरिष्ठ बागवानी विकास अधिकृत गणेश खत्रीले बताए ।

जनविद्रोह दैनिकमा मोरङ सुरक्षा समितिको बैठकः राती १० बजेपछि देउसी खेल्न रोक शिर्षकमा मुख्य समाचार छ । मोरङमा राती १० बजेपछि देउसीभैलो खेल्न रोक लागइएको र सार्वजनिक आवागमनमा बाधा नपर्ने गरि कार्यक्रम गर्न समेत सुरक्षा समितिले आग्रह गरेको छ । मागे जति बिउ दिन सम्भव नरहेको उनको भनाई छ ।

दसैंतिहार जस्ता चाडपर्वको बेला संखुवासभाका गाउँवस्तीमा प्रसस्त रुपमा बनाइने रोटे पिङपिङ आजकाल कम हुँदै गएको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ । खादबारीको मानेभञ्जायाङमा विगत ४ ५ वर्षदेखि दसैंतिहारमा पिङ नहालिएको स्थानीय मेदिनी घिमिरेले बताए । पछिल्लो युवापुस्ताले चासो नदेखाउँदा पिङ हराउँदै गएको उनको भनाई छ ।

Loading...