fbpx

उत्तरी सिरियाका मुख्य सडकहरूमा करिब दुई हजार सैनिक तैनाथ

दमास्कस, ९ कात्तिक । सिरियाको उत्तरमा रहेको अलेप्पो र उत्तरपूर्वी हासाका प्रान्तका सडकहरूमा २ हजारभन्दा बढी सैनिक तैनाथ गरिएको छ । युद्ध अनुगमनकारी संस्थाहरूका अनुसार रुसी सैनिकसहितको टोली सडकमा खटाइएको छ । सिरियाली सेनाले पाँच बर्ष पहिले सो क्षेत्रबाट पछि हटेको थियो ।

राजमार्गमा तैनाथ सिरियाली सैन्य एकाइहरूलाई रूसी सैन्यबलको साथ रहेको ‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स’ले जनाएको छ । बेलायती मानवअधिकार समूहले सिरियाली कुर्दहरूसँग टर्की र रूसले केही दिन पहिले गरेको सहमति कार्यान्वयन गराउन राजमार्गको एम–फोर सडकका विभिन्न क्षेत्रमा उक्त सैन्य बल तैनाद गरिएको जनाएको छ ।

टर्कीले अक्टोबर ९ तारिखमा सिरियाली कुर्दहरूलाई सीमा क्षेत्रबाट हटाउने उद्देश्यले गरेका हवाई तथा स्थल आक्रमणका कारण ठूलोे सङ्ख्यामा कुर्दहरूको मृत्यु भएपछि रूसको पहलमा टर्कीसँग सहमति भएको थियो ।

Loading...