fbpx

राष्ट्रपतिको राजिनामा माग्दै चिलीमा दशौँ हजारको प्रदर्शन

सान्टीयागो ९ कात्तिक । चिलीमा राष्ट्रपतिको राजिनामा माग गर्र्दै शुक्रबार दशौँ लाखले सडकमा प्रदर्शन गरे । राष्ट्रपति सेबास्टेन पिनेराले राजिनामा दिनु पर्ने, आर्थिक पुनसंरचना हुनुपर्ने, भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने जस्ता माग प्रदर्शनकारीको छ ।

प्रदर्शनकानकारीहरुका नेताले परिवर्तनका लागि प्रदर्शन गर्दै आएकाले यसलाई सकारात्मक रुपमा लिन आग्रह गरे । प्रदर्शनमा सहभागीहरुले जातीय र राष्ट्रिय झण्डाका साथै लोकप्रिय र स्वदेश गानहरु समेत गाउने र प्रदर्शन गरेका थिए । ल्याटीन अमेरिकी मुलुक चिलीमा केही समयदेखि हिंसात्मक आन्दोलन भइरहेको छ । सान्टीयागोका गभर्नर कार्ल रविलारले ट्वीटमा नयाँ चिलीको सपना साकार हुने क्रममा रहेको बताए ।

उनले देशभरीमा दश लाखभन्दा बढी प्रदर्शनकारी आन्दोलनमा सहभागी भएको बताए । प्रदर्शन चर्किदै गएपछि सान्टियागो राज्यमा अघिल्लो शुक्रबार संकटकालको घोषणा गरिएको छ ।

मेट्रो टिकटको मूल्यबृद्धि भएको विरोधमा हिंसात्मक आन्दोलन भएको भोलिपल्ट चिलीका राष्ट्रपतिले अहिलेलाई १५ दिनका लागि संकटकालको घोषणा गरेका हुन् । अघिल्लो शुक्रबार भएको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीकाबीचमा धेरै ठाउँमा झडप भएको थियो । प्रदर्शनकारीले स्टेशन र सवारी साधनमा आक्रमण गरेर क्षति पु¥याएका थिए ।

Loading...