fbpx

ब्रेक्जिटका लागि मिति थपिने

लण्डन ९ कात्तिक । यूरोपेली संघ (इयू) नेताहरूले ब्रेक्जिटका लागि मिति थप्न बेलायतले गरेको अनुरोधमा ‘सैद्धान्तिक’ सहमति दिएका छन् । इयूले ब्रेक्जिटको म्याद एक हप्ताका लागि लम्ब्याउने गरी निर्णय भएको हो । अलजजिराले इयू स्रोतलाई उद्धृत गर्दै यस्तो जनाएको छ ।

इयू सदस्य राष्ट्रका राजदूतहरूले ब्रेक्जिटका लागि इयूका प्रमुख मध्यस्थकर्ता मिसेल बार्नियरलाई भेटेपछि शनिबार इयूका कुटनीतिक अधिकारीहरूले ब्रेक्जिटको समय थप गर्न सैद्धान्तिक सहमति गरेको जनाकारी दिएको यूरोपेली आयोगका प्रवक्ता मीना एन्द्रिवाले बताइन् ।

ब्रेक्जिट समस्याबारे नयाँ निर्णय लिनका लागि इयू नेताहरूका आकस्मिक सम्मेलनका लागि भने अहिले कुनै योजनाहरू नरहेको उनले बताइन् । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले आगामी डिसेम्बर १२ मा आम निर्वाचनका लागि सहमति भएमा ब्रेक्जिटका लागि नयाँ बहस गर्न सांसदहरूलाई थप समय चाहिने भन्दै इयूसँग गरेको अनुरोधपछि नयाँ घटनाक्रम विकसित भएको हो ।

बेलायती प्रधानमन्त्री जोनसनले इयू नेताहरूसँग गरेको ब्रेक्जिट सहमतिलाई बेलायती विधायकबाट अनुमोदन गराउन विभिन्न योजना बनाएपनि सफल हुन सकेको छैन् ।
प्रधानमन्त्री जोनसनले यही अक्टोबर २० मा बेलायती सांसदहरूको हस्ताक्षररहित एक अनुरोध पत्र इयूलाई पठाएका थिए ।

Loading...