fbpx

नेता नेपालले भने ‘नाम तोक्न हुतिहारा नबन्नुहोस्’

इटहरी ९ कात्तिक । नेकपा नेता माधवकुमार नेपालले प्रदेशहरुले आफ्नो नाम तोक्न नसकेकोमा हुतिहाराको संज्ञा दिएका छन् । प्रदेश गठन भएको लामो समय बितिसक्दा समेत नाम तोक्न नसकेकोमा असन्तुष्टी जनाएका हुन् । उनले छिट्टै नाम तोक्न आग्रह गरेका हुन्।

नेकपा इटहरी उपमहानगरले आयोजना गरेको कार्यक्रममा बोल्दै नेपालले नाम तोक्न सम्म नसकेको भन्दै प्रदेश सरकारसंग रोष प्रकट गरे। कति दिनसम्म अङ्कले सम्बोधन गर्नु,कोशी नाम राखेर अघि बढ्नुहोस नेपालले भने सामान्य नाम तोक्नपनि हुतिहारा नबन्नुहोस्।

प्रदेश १ प्रदेशसभाको चौथो अधिवेशन गत असोज पहिलो सातामा अन्त्य भएको थियो। सो अधिवेशनबाट पनि प्रदेशसभाको मुख्य कामको रूपमा रहेको प्रदेशको नामकरण हुन सकेन ।

Loading...