fbpx

विकासमा प्रत्येक सेकेण्डको महत्व छ – मुख्यमन्त्री

भोजपुर, ९ कात्तिक । विकासका लागि सबैले प्रत्येक सेकेन्डको महत्वलाई बुझेर काम गर्नुपर्ने पर्ने १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नगर कमिटी भोजपुरले आयोजना गरेको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले विकास निर्माणमा प्रत्येक सेकेण्ड महत्वपूर्ण रहेको बताएका हुन् ।

“तपाईँ हामी यो देशका सचेत नागरिक हौं ’ मुख्यमन्त्री राईले भने ‘हामीले प्रत्येक सेकेण्ड समयको महत्वलाई बुझेर जिम्मेवारी वहन गर्न आवश्यक छ ।”

मुख्यमन्त्री राईले राईले जनताको चाहाना अनुसारको विकासको गर्ने बताएका छन् । जनताको चाहाना अनुसारको विकास गर्दा स्थानीय स्रोत र साधनलाई अधिकतम प्रयोग गर्ने उनको भनाई छ । “यो प्रदेशलाई समृद्ध बनाउने गरी मैले काम अगाडि बढाएको छु,‘ मुख्यमन्त्री राईले भने ‘ प्रदेशसँगै भोजपुर पनि समृद्धिको बाटोमा अगाडि बढ्छ ।”

प्रदेश सरकारले विकासका लागि प्राथमिकताका आधारमा प्रशस्त बजेट विनियोजन गरेको भए पनि काममा सोचेअनुरुप खर्च नभएकामा उनले चिन्ता व्यक्त गरे ।
“विकास गर्नका लागि हामीले करोडौँ बजेट छुट्याएका छौँ र काम पनि भइरहेको छ तर जनताको तर्फबाट पनि भइरहेको काममा निगरानी र खबरदारी हुनुप¥यो, ” मुख्यमन्त्री राईले भने ।’

प्रदेशबाट सञ्चालन हुने कामलाई प्रभावकारी, गुणस्तरीय र जनमुखी तवरले सम्पन्न गराउन अनुगमन समिति गठन गर्ने तयारी भइरहेको उनले बताए । आफूले भ्रष्टाचारमा शून्य सहनशीलता कायम गरेको बताउनुहुँदै उनले प्रमाणसहित आफूलाई जानकारी दिए एक घण्टाभित्र कारवाही गर्ने बताए ।

मुख्यमन्त्री राईले भोजपुरको मुन्दुम ट्रेलको विकासका लागि दुई करोड विनियोजन गरेको बताए । जिल्लाका ठूला सडक र पक्की पुलको काम आफ्नै कार्यकालमा सम्पन्न गर्ने उनको भनाई थियो । रासस

Loading...