fbpx

पटाका पडकाउँदा धन, जन र वातावरण सबैमा हानी

तिहार र छठ पर्वमा पटाका (विष्फोटक पर्दाथ) खुव पडकाएर मजालिने योजनामा हुनुहुन्छ ? ख्याल गर्नुहोस पटाका पटकाउँदा तँपाईको धन त खर्च हुन्छ नै , सुरक्षाको जोखिम पनि उच्च हुन्छ । त्यो भन्दा पनि वढि तँपाइले पटाका पडकाएर वतावरणीय प्रदुषण मात्र फैलाईरहनुभएको हुदैन मानव स्वास्थ्यकालागि पनि घातक काम पनि गरिरहनुभएको हुन्छ ।

किनकी रसायन बतावण बिदहरुका अनुसार पटाका पडकाउँदा उत्पादन हुने प्रदुषण कलकारखाना र उधोगहरुवाट फैलने प्रदुषण भन्दा कैयौगुणा वढी हानिकारक मानिन्छ ।

तिहार र छठकालागि भन्दै बजारमा विभिन्न प्रकारका पटाकाहरु पाईन्छन । केही त बम जस्तै शक्त्तिशालीपनि हुन्छन । यी पटाकाहरु छानी छानी रमाएर पैसाको समेत बेवास्ता गर्दै किनेर पडकाउने गरिन्छ । तर पटाका जति धेरै सारो पडकने हुन्छ उति नै त्यसमा वढि मानव शरिरकालागि हानीकारक मानिएका रसायन र धातुहरु मिलाईएको हुन्छ । जसले वतावरणीय प्रदुषण वढाउने गर्दछन ।

वतावरणविज्ञहरुका अनुसार पटाका वनाउँदा वतावरणकालागि मात्र नभएर मानव शरिरकालागि समेत अति खतरनाक मानिएको लिड , सल्फडडाईअक्साईड , नाईट्रस अक्साईड , र वारुद आदि पर्दाथ र रसायनको प्रयोग असिमितरुमपा गरिएको हुन्छ ।

यसरी वनाईएका पटाकाहरु पडाकाएपछि धुवाँको माध्यमवाट वायुमण्डलमा पुगी हावामा मिसिने गर्दछन । पछि हामीले लिएको श्वासवाट ती खतरनाक धातु मिश्रीत रसायनहरु शरिरमा प्रवेश भै फोक्सोसम्म पुग्ने गर्दछन । जसवाट दम , एलर्जी , जस्ता रोगहरु मात्र नभएर विस्तारै क्यान्सर जस्ता प्राणघातक रोगहरु समेत लाग्ने गर्दछन ।

तिहार र छठको समयमा जताततै पटाका पडकाउँदा उत्पादन भएको फोहोरलाई माटो र पानीमा फयाँक्ने चलन छ । यसलाई सुरक्षित विर्सजन गरिदैन । जसले गर्दा अति हानिकारक मानिएको रसायनहरु मानव शरिरमा प्रवेश गर्ने वढि जोखिम उच्च रहन्छ ।


रसायन बिज्ञहरु पटाका पडकाउँदा हुने वायुप्रदुषण औधोगिक प्रदुषण भन्दा वढि हानीकारक हुने स्विर्काछन । उनिहरुका अनुसार उधोगहरुवाट निस्कने प्रदुषण जलेको (पाकेको) हुनेभएकोले वायुमण्डलमा हरितगृह (कार्वोन ) उत्र्सनमा प्रभाव पार्नेगर्दछ । पटाकावाट फैलने प्रदुषण भने वढि सोझै मानव स्वास्थ्यकालागि समेत हानीकारक हुन्छ ।

पटाकामा वारुद नामक पर्दाथ मिसाईएको हुन्छ । जसमा आल्मुनियम नाईट्रेड हुन्छ । पटाकामा मिसाईने अर्को लिड, नामक रसायन एक प्रकारको धाुत रसायन हो । यो पहिले डिजेल पेट्रोलमा मिसाईने गरिन्थ्यो । तर यो मानव शरिरकालागि अति हानिकारक मानिएकोले विश्वव्यापीरुमा यसमा प्रतिवन्ध लगाईएको छ । तर पटाकामा यसको प्रयोग असिमित रुपमा निर्वाध प्रयोग भैरहेको छ ।

मानव शरिरकालागि अति हानिकारक मानिएका यी रसायनहरु पटाका पडकाईसकेपछि हावामा धुवाँको माध्यमवाट मिसिन जान्छन र श्वासप्रश्वासको माध्यमवाट मानव शरिरमा प्रवेश गर्दछन । जसले मानव स्वास्थ्यमा गम्भिर प्रतिकुल प्रभाव पार्दछ ।

रसायन बिज्ञहरुका अनुसार लिड गह्रौ धातु भएकोले यो विषालु हुन्छ । यो मानिशको रगतमा प्रवेश गरेमा केन्द्रिय स्नायु प्रणालीमै असर पार्दछ । जसले मृगौला खराब पनि गर्नसक्छ । गर्भवती महिलाहरुको शरिरमा लिडको मात्रा वढि भए गर्भपतन हुने संभावना समेत हुन्छ। अझ बच्चाहरुमा लिड सजिलै शरिरमा प्रवेश गर्न सक्छ ।

तिहार छठ पर्वमा बालबालिकाहरुले धेरै पटाका पडकाउने भएकोले उनिहरुको स्वास्थ्य उच्च जोखिममा हुन्छ । चिकित्सकहरुका अनुसार सुस्तमनस्थिती बनाउने , रगतमा एलर्जी वढाउने प्रभाव समेत देखापर्दछन । लिडको वढि प्रयोग हुने स्थानहरु वेट्री उत्पादन गर्ने कारखानाहरुमा गरिएको अध्यनले त्यहाँ कार्यरत कामदारहरुमा खाना नरुच्ने भएकोले उनीहरु दही र चिउरा खाएर काम गर्दछन ।

अर्कोतिर पटाकामा प्रयोग गरिएका रसायन धातुहरु पानीमा मिसिएमा त झनै खतरनाक हुन्छ । पानीमा अधिकतम शुन्य दशमलव ०५ मिलिग्रामसम्म मात्र उचित मानिन्छ । तर त्यो भन्दा वढि पानीमा लिडको मात्र भेटिएमा त्यो पानी शरिरकालागि अति हानिकारक मानिन्छ । लिड वैट्री वनाउँदा र फलामको जडान गर्दा (सोल्डर) र पेन्टहरु –ईनामेल) वनाउँदा पनि प्रयोग गरिन्छ ।

पटका पडकाएपछि वाँकी रहेको फोहोर माटोमा मिसन्छ , धुवाँ हावामा मिसिन्छ र माटोवाट खतरनाक धातु पानीमा पनि मिसिन सक्छ । यसैले पनि पटाखा पटकाउनु वतावरणीय समस्या वढाउनुसँगै मानव स्वास्थ्यमा पनि गम्भिर हानी पुरयाउनु हो –वतावरण विज्ञ रामचन्द्र अधिकारी वताउँछन ।

अर्कोतिर गैरकानुनीरुपमा उत्पादनगरिएका पटाकाहरु धेरैजसो अवैध रुपमा लुकाईछिपाई ल्याईन्छन । यसरी ल्याइएका पटाकामा रसायन र धातुको प्रयोग कति गरिएको भन्ने कुनै सिमा हुँदैन । यस्ता पटाखाहरुमा वढि जोडले पडकियोस भनेर असिमित रुपमा रसायनहरु प्रयोग गरिएको हुन्छ ।

पडकाएर हात नधोई शरिरका अंगहरु कन्याउने , चलाउने , खानाहरु खाने गर्नाले खतरनाक रसायनहरु शरिरमा प्रवेश गर्ने वा छालामा असर पार्ने जोखिम वढि हुन्छ । पटाका पडकाउनैपरे पनि वाल्टिनमा पानी राखेर तत्काल हात धुनुपर्दछ । तर पटाका पडकाउनेहरु धेरैले यसो गर्दैनन ।

वतावरणविज्ञ रामचन्द्र अधिकारी पनि पटाका पडकाउँदा धनको हानिनोक्सानी हुनुकासाथै सुरक्षाको दृश्टिले समेत एकदमै जोखिमपुर्ण हुुने वताउँछन । उनी वतावरणीय प्रदुषण बढाउने मात्र नभएर मानवकैलागि हानीकारक हुने भएकोले पटाका नपडकाउनु नै राम्रो हो भन्छन ।

तिहारलागि सकेको छ । बजारमा थरिथरिका महंगा महंगा पटाकाहरु लुकाई छिपाई वेच्न थालिएको छ । नेपालमा प्रतिबन्धित भएपनि सिमा क्षेत्रबाट अबैध रुपमा तस्करी भएर पटाकाहरु भित्रिइरहेका छन । अधिका नाफा हुने भएकोले यसमा ठूला ठूलो व्यपारिक गिरोह समेत संलग्न हुने गर्दछन । बजारमा प्रहरीले पटाका बेचबिखनमा कडा गरेपनि नियन्त्रण गर्न सकेकेको अबस्था छैन ।

नेपालमा उत्पादन र ओसार प्रसारमा प्रतिवन्ध भएकोले भारतीय वजारहरुवाट लुकाईछिपाई ल्याएर पटाकाहरु महंगोमा वेच्नेगरिन्छ । अनुमानित तथ्यांक अनुसार विराटनगरमा मात्र तिहारको वेला एक करोड बढिको पटाका पडकाउने गरिन्छ ।

बतावरण बिज्ञ अधिकारीका अनुसार एकैचोटि हजारौ लाखौको सँख्यामा पटाकाहरु पडकाउँदा वायुमण्डलमा प्रदुषणको कुहिरी मण्डलनै हुने गर्दछ । जुन अन्तत हामी मानवले गरेको कामले हाम्रो जीवनचक्रलाई नै प्रभावित बनाउँछ ।

पटाका पडाकाउँदा भौतिक रुपमा धेरैजना समान्य घाईते हुने मात्र नभै आँखा र हातमा चोट लागेर अङभङग समेत हुनेगरेका छन । कतिको त ज्यानै समेत जानेगरेको छ ।

तत्काल भौतिक हानी नभोग्नेहरुलाई पनि विषालु रसायनहरुको प्रदुषणले गर्दा विस्तारै विस्तारै असाध्य रोग (नदेखिने रोगहरु) को समस्या वढदै जाने खतरा भने निक्कै उच्च हुने भएकोले धनजन दुवै नाश हुनबाट जोगाउन पटाका पडकाउने चलनलाई सबैले निरुत्साहित गर्नु नै उत्तम उपाय मान्न सकिन्छ ।

Loading...