fbpx

चाडवाडमा पनि रमाउन सकेनन विराटनगरका व्यापारीहरु

यज्ञ अधिकारी
रंगेली,८ असोज । चाडवाडको समयमा आर्थिक कारोवार बढनेगर्छ । यसैले व्यापारीहरु चाडवाड आउँदा खुसी हुनेगर्छन् । तर व्यग्र प्रतिक्षा गरेर बसेका विराटनगरका व्यापारीहरु यो वर्षको दसैं र तिहारको मौकामा पनि रमाउन सकेका छैनन् ।

अरुवेला भन्दा चौब्बर व्यापार हुने दसैं र तिहारको समयमा सोचे जस्तो व्यापार हुन नसकेपछि विराटनगरका व्यापारीहरु यो वर्षको चाडवाडमा रमाउन नसकेका हुन्।

दसैमा लत्ताकपडा , जुत्ता-चप्पल र अन्य उपभोग्य बस्तुको व्यापारमा घाटा व्याेहाेरेका विराटनगकरा व्यापारीहरुले तिहारको समयमा भाइमसलाका सामान, दियो, फूलका माला, टोपी , कपडा , भिलिमिली बत्ति तथा थरिथरीका रंगको व्यापार पनि आपेक्षा अनुसार गर्न नपाएकाे बताएका छन् ।

ढलनाला र स्तरोन्नतीकालागि भत्काइएका सडकले प्रदुषित विराटनगरको बजार अनि किनमेल गर्न भारतिय बजार जोगवनी जानैपर्छ भन्ने गलत सोच र खुल्दै गएका ठूलाठूला महलहरुले गर्दा मझौला र साना व्यपारीहरुको चाडवाडको व्यपार खस्केको हो ।

 

व्यापारी कालुराम साह दसैं पछिको तिहारमा खाद्यान्न लागायतका सामानको व्यापार फस्टाउने गरे पनि बजारमा चहलपहल नै नहुँदा किनमेल प्रभावित भएको बताउँछन ।

नेपाली उपभोक्त्ताहरु अझै पनि उपभोग्य बस्तुहरु नेपालमा भन्दा जोगवनीको बजारमा सस्तो हुने मानसिकता राख्छन् । तिहारको समयमा प्रयोगहुने भाइमसलाका सामानहरु तेस्रो मुलुकबाट आयात हुने गरेको छ । यसैले भाइमसला नेपालको भन्दा भातरमा महगो पर्नेगर्छ । तर जोगवनिको भन्दा सस्तो र गुणस्तरीय सामान विराटनगरमा उपलब्ध भएपनि जोगवनीमै गएर किनमेल गर्ने प्रचलन अझै गएको छैन ।

व्यापारी प्रभु भगत विराटनगरको बजारमा भारतिय बजार जोगवनीको प्रभाव रहेको र विराटनगरमा खुलेका सुपर मार्केटहरुको कारणले पनि चाडवाडको खुद्रा बजारलाई प्रभाव पारेको बताउँछन । अर्कोतिर विराटनगरमा भएको सडक निर्माणले गर्दा बजार क्षेत्रमा आवतजावत गर्न कठीन छ । यसैले ग्राहकहरु आउन व्यापारी अरुण जैन बताउँछन् ।

महंगी नियन्त्रण भएन

चाडवाडको समयमा एक्कासी वृद्धि हुने महंगी यो पटक पनि नियन्त्रण हुन सकेको छैन । चाडवाडको किनमेलमा उपभोक्त्ताहरुले यसपालि पनि चर्को महंगी भोगेका छन् । तिहारको लागी सामग्री खरिद गर्न आएका ग्राहक मणीराज भट्टराई विगतको तुलनामा बजारमा महंगी बढेको बताउँछन । फलफूल र तिहारका सामग्रीमा पनि मूल्यबृद्धि भएको ग्राहक प्रमोद लम्सालले बताए ।

सामान्य दिन भन्दा तिहारको समयमा सामान किन्ने उपभोक्ताको चहल पहल बजारमा बढेको छ । व्यापारीक कारोवार जस्तो भए पनि बजारको चोक,सडकमा पसलको संख्या भने बढेका छन् ।

विराटनगरको मुख्य बजार बुध हाटचौक, गुद्रीबजार, मेनरोडका बजार तिहार लक्षीत पसल प्रसस्ता थपिएका छन् । बजारमा कपडा, सप्तरंगी टिका र रंगोलीमा प्रयोग गरिने रंगहरु , किसमिस, तेल, घिउ फलफूल लगायतका खाद्य सामाग्री पसलहरूमा उपभोक्ता पुग्ने गरेका छन् ।

Loading...