fbpx

पाकिस्तानी र बङ्गलादेशी समकक्षीलाई भेट्दै ओली

बाकु(अजरबैजान), ९ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी राष्ट्र बंगलादेश र पाकिस्तानका प्रधानमन्त्रीलाई भेट्ने भएका छन् ।

असंलग्न आन्दोलन (नामं)को १८ औँ शिखर सम्मेलनमा सहभागी हुने सिलसिलामा अजरबैजानको बाकु सहर पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार पाकिस्तानी र बङ्गलादेशी समकक्षीसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने भएका हुन् ।

प्रधानमन्त्री ओलीले आज अपराह्न बङ्गलादेश र पाकिस्तानका प्रधानमन्त्रीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र सचिव शङ्करदास वैरागीले बताए । आजै प्रधानमन्त्रीले अजरबैजानका राष्ट्रपतिसँग पनि भेटवार्ता गर्नेछन् । रासस

Loading...