fbpx

एक लाख २० हजार घुससहित इञ्जिनीयर र डोजर चालक पक्राउ

काठमाडौं, ९ कात्तिक । एक लाख २० हजार रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले सब–इञ्जिनीयर सन्दीप पौडेल र डोजरचालक विक्रम बस्नेतलाई रङ्गेहात पक्राउ गरेको छ ।

शिक्षा विकास निर्देशनालय प्रदेश नं ५ बुटवल रुपन्देहीमा करारमा कार्यरत सब–इञ्जिनीयर पौडेल र रकम लिने मतियार डोजर चालक बस्नेत पक्राउ परेका हुन् ।

विद्यालयको भवन निर्माण कार्य सम्पन्न भई अन्तिम किस्ताबापतको बाँकी रकम विद्यालयको खातामा निकासा गर्ने सिलसिलामा विभिन्न बहाना बनाई सेवाग्राहीसँग पटक–पटक घुस माग गरिरहेको भन्ने उजुरीका आधारमा पौडेल र बस्नेतलाई पक्राउ गरेको आयोगले जनाएको हो ।

आयोगले दुवै अभियुक्तलाई आफ्नै हिरासतमा राखेर अनुसन्धान गरिरहेको जनाएको छ । रासस

Loading...