fbpx

पत्रपत्रिकामा देश : महरामाथि दुई अभियोगमा मुद्दा चलाउन राय

विराटनगर ९ कात्तिक । निर्वतमान सभामुख कृष्णबहादुर महरामाथि जवरजस्ती करणी र एउटै कार्यालयकी कर्मचारीसँग करणी प्रयास गरेको फरक दुई अभियोगमा मुद्धा चलाउन प्रहरीले राय दिएको कान्तिपुर दैनिकले मुख्य समाचार बनाएको छ । दुवै अभियोगको सजायको दाबी हेर्दा महरालाई साढे ५ वर्षदेखि ७ वर्षसम्म सजाय हुनसक्छ ।

अभियोग प्रमाणित भई दुवै अभियोगको सजाय खप्टिए साढे ३ वर्ष देखि ५ वर्षसम्म जेल सजाय हुने देखिन्छ । शुक्रबार महानगरीय प्रहरी परिसरले अनुसन्धान पुरा गरि सरकारी वकिलको कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको हो । सरकारी वकिलको कार्यालयका प्रमुख चन्द्रकात खनालले शुक्रबार अबेर प्रतिवेदन आएको र तिहार विदापछि कार्यालय खुल्ने दिन फाइलबारे निर्णय हुने बताए ।

यस्तै कान्तिपुर दैनिकमै बलात्कार मुद्धामा न्याय पाएकी पूजाको न्यायाधीश बन्ने सपना रहेको समाचारपनि मुख्यपृष्ठमा नै छापेको छ । बैतडीको पाटन नगरपालिकाको १ डाँसिली की बलात्कारपिडित पूजाको न्यायाधीश बन्ने सपना रहेको छ । २०६८ सालमा ठुलाबुबाको घरमा एसएलसी दिन बसेको बेला उनीमाथि कहालीलाग्दो घटना भएको थियो । जिल्ला अदालतले दोषिलाई सयाज सुनाएपनि पछि पुनरावेदन अदतलत महेन्द्रनगरले सफाई दिएपछि फेरी पिडितहरुले सर्वाच्च अदातलको ढोका ढकढक्याएपछि भने न्याय पाएका छन् । न्यायपाएपछि सबैले बधाई दिइरहेको र सबै खुसी रहेको पूजाले बताइन् ।

रक्षा नेपालमा बसेर १२ पास हुँदा र तीन वर्ष स्नातक अध्ययन गर्दासम्म घटनाको विषयमा कोट्याएर पिडामाथि पिडा दिएको उनले बताइन् । पढाई सकेर वकिल बन्ने र एक दिन न्यायाधीश बनेर छोड्ने उनको लक्ष्य छ । अरु चेलीले पनि आफूले जस्तै न्यायको लागि संघर्ष गर्नु पर्ने दिन अन्त्य भएमात्रै न्यायपाएको महसुस हुने उनले बताइन् ।

नगरिक दैनिकमा गौर घटनामा अपराध गर्नेले उम्कन नपाउने कार्यवाहक प्रधानमन्त्री तथा नेकपाका नेता ईश्वर पोखरेलले बताएको समाचार मुख्यपृष्ठमा छापेको छ । विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै पोखरेलले कानूनभन्दा कोही पनि माथि नहुने भन्दै अपराध गर्नेले उम्किन नपाउने बताए । गौरमा तत्कालिन नेकपा माओवादी र मधेसी जनअधिकार फोरमबीच झडप हुँदा २७ जना माओवादी कार्यकर्ताको मृत्यु भएको थियो । त्यस्तै राजपुर बम बिस्फोटका आरोपित महम्मद अफताव आलमलाई राजनीतिक पुर्वाग्रहका आधारमा नभइ प्रमाणका आधारमा सरकारले कारबाही प्रकृया अघि बढाएको उनले बताए ।

Loading...