fbpx

पत्रपत्रिकामा प्रदेश : धरानमा वधशाला स्यालको कथा

विराटनगर ९ कात्तिक । जनसंख्याको हिसाबमा देशकै बढी मासु खपत हुने स्थानीय तह रहेको सुनसरीको धरान उपमहानगरपालिकामा उपभोक्ताको स्वास्थ्यमाथि ख्याल गरेर मासु पसल सञ्चालन भएको छैन् ।

धरानमा मासु खपतको अनुपात हेर्ने हो भने झण्डै दैनिक एक जनाको भागमा १ किलो मासु पर्छ । तर व्यवस्थित वधशाला निर्माणमा कसैले चासो नदेखाएको ब्लाष्ट टाइम्समा समाचार छ । धरानमा दैनिक करिब ५ हजार किलो कुखुराको मासु, ४ सय केजी खसी, २५ सय केजी सम्म राँगा र सुँगुरको मासु भने ५५ सय केजीसम्म खपत हुने गरेको छ । मासु व्यवसायी तथा प्राविधिक संघ धरानका उपाध्यक्ष ओम कटुवालले स्वास्थ्यको हिसाबले व्यवस्थित वधशालाको आवश्यकक्ता रहेको बताउँछन् । उपमहानगरपालिकाकी कार्यवाहक मेयर मञ्जू भण्डारी सुवेदीले वधशालाको डिपिआर बनाउने क्रममा रहेको जानकारी दिएकी छिन् ।

कानेपोखरी रंगेली जोडिदै शिर्षकमा कान्तिपुर दैनिकमा खबर छ । मोरङको रंगेली बजारसम्म जोड्ने सडक बन्न थालेपछि कानेपोखरीका सर्वसाधारण हर्षित भएका छन् । सडक बनेपछि उत्तरको उत्पादन दक्षिणी बजारसम्म पुर्याउन सहज हुने व्यवसायी योगेन्द्रप्रसाद ढकालले बताए । सडक पुरै कालोपत्रे भए रंगेली कानेपोखरीको पुरानो सम्बन्धले पुनर्जीवन पाउने स्थानीय स्वास्थ्यकर्मी बुद्धिमान बस्नेतले बताए ।

उनले बुबाको पालादेखि कालोपत्रे बन्ने हल्ला रहेको सडक यतिबेला आएर बल्ल कालोपत्रे हुन थालेको भन्दै अब भने बन्नेमा ढुक्क रहेको बताए । कानेपोखरीबाट २५.४ किलोमिटर लामो उत्तरदक्षिण सडकले भारतको सीमासम्म छुनेछ । हुलाकीमार्ग आयोजना इटहरीका प्रमुख विजयकुमार महतोले सो सडकको १० किलोमिटर क्षेत्रमा कालोपत्रेको काम सकिएको बताए ।

सरकारी नीतिले व्यवसायी निरुत्साहित शिर्षकमा उद्घोष दैनिकले समाचार छापेको छ । व्यवसायीहरुले नीजि क्षेत्रलाई सरकारले कडाई गर्न खोजेको बताएका छन् । मोरङ व्यापार संघका पूर्वअध्यक्ष शंकरलाल अग्रवालले एकपछि अर्काे नीति ल्याउँदै सरकारले व्यवसायीहरुलाई कडाई गर्न खोजेको बताए । उनले यसले गर्दा व्यवसायीहरुको मनोबल खस्किएको बताए । तयारी बस्तु तथा कच्चा पदार्थ आयात गर्दा राखिएको बास्तविक मूल्य समेत नमानेर सरकारले आफै मूल्यांकन गर्ने र भन्सार दरबन्दी पनि बढाएर लिने गरेको छ । प्रशासनिक संयन्त्रमा पनि सुधार ल्याएमात्रै व्यापारीहरुलाई सहज हुने अग्रवालको भनाई छ ।

Loading...