fbpx

जर्मन चान्सलर भारत आउने

नयाँ दिल्ली ८ कात्तिक । जर्मन चान्सलर एन्जेला मर्केल भारत र जर्मनीबीचको पाँचौँ दुई वर्षीय अन्तर–सरकारी परामर्श (आईजीसी) मा भाग लिन नयाँ दिल्ली आउने भएकी छिन् । १ नोभेम्बरमा उनी दिल्ली आउने भएकी हुन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा दिल्ली आउन लागेकी मर्केललाई भारत भ्रमणका समय प्रधानमन्त्री मोदी, संघीय सरकारका मन्त्रीहरू तथा सचिवहरूलगायतका सँग भेट गर्ने छिन् । आईजीसीमा दुई पक्षबीचको यातायात, सीप विकास र उर्जालगायतका क्षेत्रमा रहँदै आएको परम्परागत सहकार्यलाई थप गर्ने विषयमा छलफल हुने छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री मोदी तथा चान्सलर मर्केलले क्षेत्रीय तथा विश्व समुदायका आपसी चासोका बिषयमा छलफल गर्ने छन् । उनीहरुले दुवै देशका व्यवसायीहरूसँग छुट्टाछुट्टै छलफल गर्ने छन् ।

Loading...