fbpx

शनि बने लोकस्टार

काठमाण्डौं ८ कात्तिक । एपीवान टेलिभिजनबाट प्रशारण हुने रियालिटी शो नेपाल लोकस्टारको उपाधि रोल्पाका शनि विश्वकर्माले जितेका छन् । सर्वाधिक पुरस्कार राशिको रियालिटी शो नेपाल लोकस्टारको उपाधिसँगै उनले ५० लाख नगद पुरस्कार हात पारे ।

प्रतियोगितामा चेतन गोतामे दोस्रो भए । उनले २५ लाख नगद प्राप्त गरे । उदयपुरका विनोद दनुवार भने तेश्रो भएका छन् । दनुवारले १० लाख नगद प्राप्त गरे । त्यसैगरी रामेछापका रामकुमार नेपाली सान्वना हुँदै दुई लाख हात पारे ।

लोकस्टारको निर्णायमा सुनिता दुलाल, जयनन्द लामा, बीबी अनुरागी र रामजी खाँड थिए ।

Loading...