fbpx

टेलिकमले ल्यायो तिहार अफर

काठमाडौं ८ कात्तिक । नेपाल टेलिकमले तिहारका साथै छठ र नेपाल संवतको अवसरमा सेवामा विभिन्न छुट उपलब्ध गराउने भएको छ ।

टेलिकमले मोबाइलमा रिचार्ज गर्दा बोनस उपलब्ध गराउने भएको छ । योभन्दा पहिलेदेखि नै उपलब्ध फोरजी÷एलटिइ र अन्य सेवामा विशेष छुटसहितका अफरलाई समेत निरन्तरता दिइएको छ ।

आगामी कात्तिक १० देखि १६ गतेसम्म रिचार्ज कार्ड वा एमपोसबाट रिचार्ज गर्दा बोनस प्रदान गरिने टेलिकमले जनाएको छ । यस योजनामा ५०, १०० र २०० रुपैयाँको रिचार्ज कार्डबाट रिचार्ज गर्दा १० प्रतिशत र ५०० र १ हजार रुपैयाँको रिचार्ज कार्डबाट रिचार्ज गर्दा २० प्रतिशत बोनस प्राप्त हुनेछ । ५०, १०० र २०० को बोनस तीन दिनभित्र र ५०० र १००० रुपैयाँको बोनस पाँच दिनभित्र उपयोग गरिसक्नुपर्नेछ ।
त्यसैगरी एमपोसबाट १० देखि ४ सय ९९ रुपैयाँसम्मको रिचार्ज गर्दा १० प्रतिशत र ५०० रुपैयाँ भन्दा बढीको रिचार्ज गर्दा २० प्रतिशत बोनस उपलब्ध हुनेछ ।

त्यसैगरी फोरजी÷एलटिई सिम परिवर्तन गर्दा कुनै शुल्क लाग्ने छैन । अर्को सूचना नभएसम्म यो अफर निरन्तर रहने छ । ग्राहकले ८द्धद्धद्ध३ डायल गरी सिम परिवर्तन गर्नुपर्ने वा नपर्ने थाहा पाउन सकिनेछ । टेलिकमले पहिलोपटक फोरजी/एलटीई नेटवर्कमा रजिष्टर हुने ग्राहकलाई दुई दिनको समयावधिसहितको २०० एमबी डाटा बोनसको रुपमा उपलब्ध गराएको छ ।

Loading...