fbpx

दिवंगत पर्यटनमन्त्री रवीन्द्रको निर्वाचन क्षेत्रमा पत्नी विद्याको नाम सिफारिस

पोखरा ८ कात्तिक । तत्कालिन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि खाली भएको कास्कीको निर्वाचन क्षेत्र नम्बर २ का हुने उपनिर्वाचनको लागि अधिकारीकी पत्नी विद्याको नाम सिफारिस भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कास्की जिल्ला कमिटीले कास्की २ मा हुने उपचुनावका लागि विद्या भट्टराईको नाम सिफारिस गरेको हो ।

शुक्रबार बसेको जिल्ला कमिटीको बैठकले उनको मात्र नाम सिफारिस गर्ने सहमति भएको र उम्मेदवारका लागि सर्वसम्मत रुपमा उनको नाम मात्र सिफारिस गरिएको जिल्ला सहइन्चार्ज तथा केन्द्रीय सदस्य भीम कार्कीले बताए । १५ फागुनमा भएको हेलिकोप्टर दुर्घटनामा अधिकारीको निधन भएपछि प्रतिनिधिसभा सदस्यका लागि कास्की २ मा उपचुनाव हुँदैछ ।

Loading...