fbpx

मदन भण्डारी र मेरो केमेस्ट्री मिल्छ– प्रचण्ड (भिडियोसहित)

म ओरिजिनल माओवादी होइन् !

विराटनगर ८ कात्तिक । नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वर्गीय मदन भण्डारी र आफ्नो केमेस्ट्री मिल्दो जुल्दो रहेको बताएका छन् । नेकपा मोरङले विराटगरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यालयमा प्रचण्डले मदन भण्डारीसँग आफ्नो केमेस्ट्री मिल्दो जुल्दो रहेको बताए हुन्  । मदन भण्डारीले नेकपा माले र आफुले मसालको नेतृत्व गरेको बताउँदै उनले राजनीति समानरुपले विकास भएको बताए ।

Pracahnda

२०४६ सालको आन्दोलन पछि कम्युनिष्ट पार्टीहरु मसाल र एमालेलाई मिलाउने विषयमा आफू र मदन भण्डारी सकारात्मक भएको उल्लेख गर्दै उनले वार्ताको तयारी भइरहेको अवस्थामा मदन भण्डारीको हत्या भएको बताए ।

माओवादी केन्द्र र एमालेबीचको पार्टी एकता विचार मिलेर भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले मदन भण्डारी र आफ्नो राजनीतिक विकासक्रम बारे बुझ्न कार्यकर्ताहरुलाई आग्रह गरे ।

प्रचण्डले व्यक्त गरेको मन्तब्यको सम्पादित अंश

हामीले चाहेर मात्र पार्टी एकता भएको होइन् । अन्तर्राष्ट्रीय आन्दोलन र विकासका आफ्नै नियम हुनुका नाताले  वि.स २०१९ सालबाट सुरू कम्युनिष्ट आन्दोलन  विभाजनका विभिन्न सृङ्खला, पिडा र त्यसबाट भएका क्षति र ठूला ठूला वैचारिक बसहबाट निस्किएका निचोडहरु सबैको योगफलको रुपमा अहिले पार्टी एकतामा आइपुगेको हो ।

Pracahnda and ishwar pokhrel

एउटा विचित्र कुरा के हो भने । नेकपा माले, जो काेर्डिनेसन केन्द्र हुँदै विभिन्न समुहलाई पचाउँदै नेकपा माले र मालेबाट एमाले बन्यो । त्यहाँ जनताको बहुदलीय जनवादको नीति हुँदै विचारसम्म विकसित गर्ने कोसिस भयो । नेकपा माले २०२८ सालको झापा विद्रोहसँग रिलेटेड भएर आयो । मालेले केही वर्ष भित्र मदन भण्डारीलाई राम्रो नेताको रुपमा स्थापित गरेको थियो ।

बिचित्रको संयोग म पनि ओरिजिन मसाल वा ओरिजिनल माओवादी होइन् । तपाईलाई ओरिजिनल जस्तो लाग्या होला । म पनि चौथो महाधिवेशनको मदन भण्डारी नै हो भन्न चाहान्छु । २०२८ सालमा पुष्पलाल समुहबाट पार्टी सदस्यता लिए । म पनि २०३३ सालमा पुष्पलाल समुह छाडेर चौथो महाधिवेशनमा मोहन बिक्रमले नेतृत्व गरेको समुहमा प्रवेश गरेको मान्छे हो ।  ४१ सालको पाँचौ महाधिवेशनबाट मलाई केन्द्रीय समितिमा ल्याइयो । २०४६ सालको जनआन्दोलन भन्दा ठिक्क अगाडी जतिबेला कमरेड मदन भण्डारी मालेको महासचिव हुनुभएछ । म त्यतिबेलाको मसालको महासचिव भएको थिए । त्यो के संयाेग हाेला तपाईहरु विचार गर्नुहोला ।

म महासचिव हुनभन्दा अगाडी मसाल सशस्त्र सघंर्ष सुरु गरिहाल्नु पर्छ भन्ने पक्षमा थियो । तपाई नयाँ कामरेडहरुलाई थाहा नहुन सक्छ । सेक्टर काण्ड भयो , काठमाडौंको असनको एउटा प्रहरी चौकीमा । त्यसलाई सशस्त्र संघर्ष सुरु गर्ने तयारी भनियो । तर म त्यसको विरोधी भएर निस्किएको थिए । ‘म महासचिव भएपछिको पहिलो निर्णय अहिले छापामार युद्द गर्ने स्थिति छैन् भन्ने थियो ।

शान्तिपूर्ण आन्दोलनमा लाग्नुपर्छ भनेर निर्णय गराउने मान्छे हुँ ।’ यो नोट गर्दिनु भयो भने पार्टीलाई अगाडी बढाउन सहिजो हुन्छ । जनआन्दोलन अघि नेकपा माले, एमाले भयो । नेकपा मसाल नेकपा एकता केन्द्र भयो । विभिन्न कम्युनिष्ट समुहलाई मिलाउने तिर हामी गयौं । कमरेड मदन भण्डारी बडो उदारता पूर्वक माक्सवादीसँग एकता गर्दा ५०–५० कै आधारमा भएपनि गर्नपर्छ मनमोहनको व्यक्तित्व छ ल्याउनु पर्छ भन्नेमा जानुभयो ।

CPN morang program

म पनि निर्मल लामा, मोहन विक्रम, रुपलाल विश्वकर्मा नभई हुदैन भन्ने पक्षमा लागे । यसरी लाग्दा उता एमाले बन्यो । यता एकता केन्द्र बन्यो । अनी एमाले र एकता केन्द्रलाई मिलाउनु पर्छ भन्ने दिमाग मदन भण्डारीमा पनि थियो र म मा पनि थियो ।

मैले पोहोर पनि यँही आएर भनेको छु । अहिले दाेहाेर्याउन चाहान्न ।

एमाले र एकता केन्द्र मिलाउन सकिन्छ की भनेर छलफल गर्ने भन्ने बारेमा सेडुल बनाइयो । कार्यक्रम तयार गरियो । खानेकुराको लिष्ट पनि बन्यो । तर दुर्भाग्य त्यो दिन आउन अघि नै कमरेड मदन भण्डारीको अवसान भयो, हत्या भयो । त्यो दिन आउँदै आएन् ।

आएको भए के हुन्थ्यो होला भनेर मैले सोचिरहेको छु । भएको भए मदन भण्डारी पनि सृजनशिल ढंगले सोच्ने । म पनि नयाँ नयाँ ढंगले सोच्ने । मिलौ भन्ने तर्फ लागेको भए मिल्न सक्थ्यो ।

लेलिनले भन्नु भएको छ । ‘नेताहरुले सहि समयमा सही निर्णय लिए भने इतिहास १००–५० वर्ष परबाट वर ल्याउन सकिन्छ । छिटो हुन्छ । सय वर्ष पछि हुने काम सय वर्ष अघि हुन्छ ।’

अहिले त हाइपोथेसिस जस्तो भयो कमरेड मदन नभएपछि तर मलाई के लाग्छ भने उहाँसँग एकताका लागि वार्ता भएको भए एउटा टुंगोमा पुग्थ्यो होला । तर त्यो यतिकै गयो ।

दुबै पार्टीबाट आउनु भएका कमरेडले मदन भण्डारीको विकासको संयोग र कमरेड प्रचण्डको विकासको संयोगमा के समानता थियो के थिएन् भन्ने तथ्यहरु विचार गर्नुहोला । अध्ययन गरे मदन भण्डारी बुझ्न र प्रचण्डलाई बुझ्न र अहिलेका नेताहरुलाई बुझ्न सजिलो हुन्छ ।

तस्बिर / भिडियो : सुरज ढुंगाना / कोशी अनलाइन

Loading...