fbpx

औषधीय गुणले भरिपूर्ण डल्ले खुर्सानी

विराटनगर, ८ कात्तिक । भान्सामा प्रयोग भइरहने चिज हो डल्ले अर्थात् रातो खुर्सानी । यसले हामीलाई खाना अलि बढी रुचाउन सहयोग गर्छ । तर, डल्ले खोर्सानी औषधीय गुणले भरिपूर्ण छ भन्ने कुरा कमै मानिसलाई थाहा होला ।

नियमित रूपमा डल्ले खुर्सानीको प्रयोगले ग्यास्ट्रिक तथा अल्सर जस्ता रोगको लागि उपयोगी सिद्ध हुने विज्ञहरुले भनाइ छ । डल्ले खुर्सानीमा क्याप्सिसिनका नामक तत्व हुन्छ जसको कारण रोगीलाई फाइदा पुग्ने बताइएको छ ।

अकबरे खुसार्नी हालेर बनाइएको परिकारमा किटाणुको संक्रमण कम हुन्छ । डल्ले खुर्सानीकोे नियमित सेवनले ग्यास्ट्रिक तथा अल्सरको संक्रमणबाट बचाउनुको साथै मोटोपन घटाउन पनि सहायता गर्छ । यसले रगतमा चिनीको मात्रा कम गर्दछ ।

त्यतिमात्र नभइ पिसाबको बिरामीलाई समेत डल्ले खुर्सानी निकै नै लाभदायक हुन्छ । यसको प्रयोगले हाडजोर्नी लगायतका दुखाइ घटाउँछ ।

Loading...