fbpx

तिहारको पूर्वसन्ध्यामा बढ्यो सुनको भाउ

विराटनगर, ८ कात्तिक । नेपालीहरूको महान् चाड तिहारको पूर्वसन्ध्यामा सुनचाँदीको मूल्य वृद्धि भएको छ । पछिल्लो दुई दिनदेखि स्थिर रहेको सुनको मूल्य नेपाली बजारमा आज बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला रु ६०० ले वृद्धि भएको छ । शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला रु ६०० ले बढेर रु ७१ हजार पुगेको छ । बिहीबार छापावाला सुन प्रतितोला रु ७० हजार ४०० मा कारोवार भएको थियो ।

यसैगरी तेजाबी सुनको मूल्य पनि रु ६०० ले नै वृद्धि भई प्रतितोला रु ७० हजार ७०० पुगेको छ । बिहीबार तेजाबी सुन रु ७० हजार ७०० मा खरीद बिक्री भएको थियो । सुनसँगै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि देखिएको छ । आज चाँदीको मूल्य रु १० ले वृद्धि भई प्रतितोला रु ८६० मा खरीद बिक्री भइरहेको महासङ्घले जनाएको छ । रासस

Loading...