fbpx

तिहारका लागि प्लाष्टिक फूलको आयात घट्दो, खाद्य वस्तुको आयात बढ्दो

विराटनगर भन्सार नाकाबाट चाडवाडमा उपभोग्य वस्तुको आयातको अवस्था

यज्ञ अधिकारी
रङ्गेली, ८ असोज । विराटनगर भन्सार कार्यालयमा तिहारका लागि प्रयोग हुने प्लाष्टिक फूलको आयात घटेको छ । तर, फलफूल, किसमिस, छगडा आदि खाद्यवस्तुको आयात भने बढेको छ ।

८ हजार केजी प्लाष्टिको फूल

विराटनगर भन्सार कार्यालयबाट गत आर्थिक वर्ष २०७५/७६ को असोजसम्ममा ४६ लाख ११ हजारको प्लाष्टिकको फूल आयात भएको छ । चालु वर्ष आर्थिक वर्षको असोजसम्ममा २७ लाख ९६ हजारको मात्र आयात भएको छ । गत आर्थिक वर्षमा १८ हजार ८ सय ७८ केजी प्लाष्टिकको फूल आयात भएको थियो । यस वर्ष ८ हजार २ सय ३८ केजी आयात भएको छ ।

अढाइ करोडको झिलिमिली बत्ति

यसपालिको तिहारको समयमा छतमा बाल्ने भिलिमिली बिजुली बत्तिको आयात बढेको छ । गत आर्थिक वर्षमा ९७ लाख ४५ हजार मूल्यबराबरको दुई लाख ६७ हजार ९ सय ७४ थान बिजुली बत्ति आयात गरिएको थियो । चालु आर्थिक वर्षमा २ करोड ३५ लाख ७३ हजर मूल्यबराबर ६ लाख ३८ हजार ७७ थान बत्ति आयात भएको छ ।

त्यसैगरी टेबल डेस्क भुइँमा बाल्ने बत्ति गत आर्थिक वर्षमा १४ लाख ५१ हजार मूल्यबराबर ५ हजार ४ सय ५० थान आयात भएको छ । यस आर्थिक वर्षमा १३ लाख ३६ हजार मूल्यको ६ हजार ७ सय २४ थान आयात भएको छ ।

२७ लाखको नरिवल

गत आर्थिक वर्षको असोजसम्ममा नरिवल २५ लाख ५ हजार मूल्यबराबरको १९ हजार ६ सय ४० केजी आयात भएको थियो । यस आर्थिक वर्षमा २७ लाख १ हजारको १७ हजार ५ सय ५० केजी आयात भएको छ । नरिवल तिहारमा प्रयोग हुने मसलामध्येमा पर्छ ।

५९ लाखको बदाम

चालु आर्थिक वर्षमा काजु १ करोड ८० लाख ४० हजारको ३५ हजार २९ केजी आयात भएको छ । तिहारमा बढी प्रयोग हुने बदाम (आलमोण्ड) अघिल्लो आर्थिक वर्षको असोजसम्ममा ९७ लाख ४१ हजारको ५४ हजार २ सय ६० केजी आयात भएको छ । यस आर्थिक वर्षमा बदाम ५८ लाख ९७ हजारको २० हजार केजी आयात भएको छ ।

त्यसैगरी तिहारमा प्रयोग हुने अर्को मसला किसमिसको यस आर्थिक वर्षको असोजसम्म विराटनगर भन्सार कार्यालयबाट आयात भएको छैन । गत आर्थिक वर्षमा भने ४९ हजारको २ सय ९० केजी आयात भएको थियो ।

१४ करोडको स्याउ

त्यसैगरी फलफूलतर्फ तिहारमा बढी प्रयोग हुनेमा स्याउ पर्छ । गत आर्थिक वर्षमा १३ करोड ८४ लाख ८९ हजारको १८ लाख ३६ हजार ४ सय ७१ केजी आयात भएको थियो । यस आर्थिक वर्षमा स्याउ १४ करोड ८ लाख १७ हजारको १९ लाख ५८ हजार ६ सय ७९ केजी आयात भएको छ ।

Loading...