fbpx

फ्राइडे रिलिज : ‘हाउसफूल ४’ र ‘मेड इन चाइना’ सँग भिड्दै ‘पोइ पर्‍यो काले’

विराटनगर, ८ कात्तिक । आज शुक्रबारबाट नेपालका हलमा चलचित्र ‘पोइ पर्‍यो काले’ प्रदर्शनमा आएको छ । रिलिजअघि खासै चर्चा नपाएको यस चलचित्रमा पूजा शर्मा, आकाश श्रेष्ठ, सौगात मल्ल, सृष्टि श्रेष्ठ लगायतका कलाकारको शीर्ष भूमिका रहेको रहेको छ ।

चलचित्र ‘पोइ पर्‍यो काले’ हिन्दी फिल्म ‘हाउसफूल ४’ को मारमा पर्ने देखिएको छ । नाम चलेका कलाकार भए पनि खासै क्रेज देखाउन नसकेको यो फिल्मले मल्टिप्लेक्स हलमा पनि न्यून शो पाएको छ ।

चलचित्र ‘छ माया छपक्कै’ र अन्य हलिउड फिल्म प्रदर्शन भइरहेको यो अवस्थामा चलचित्र ‘हाउसफूल ४’ र ‘मेड इन चाइना’ पनि आजैदेखि प्रदर्शनमा आएको हुँदा चलचित्र ‘पोइ र्पयो काले’ को व्यापारमा असर पर्ने अनुमान गर्न सकिन्छ ।

Loading...