सुपारी खाने बानी छ ? यो पढ्नुहोस् आजैबाट छोड्नुहुन्छ

विराटनगर, ८ कात्तिक । सुपारी चपाउने बानी धेरैको हुन सक्छ । सुपारी मात्र नभएर सुपारीबाट बनेका कुराहरू गुट्का, पराग, मधु आदि सेवन गर्ने धेरेको बानी हुन्छ । मानिसले थाहा पाएर होस् या नपाएर यसको सेवन गरिरहेका हुन्छन् ।

धेरै मानिसमा सुपारीले खाना पचाउँछ भन्ने भ्रम पनि हुन सक्छ । तर, सुपारीको सेवन स्वास्थ्यको लागि त्यति राम्रो भने मानिँदैन । यसले हाम्रो स्वास्थ्यमा विभिन्न खालका समस्याहरू ल्याउने गर्छ । यसले पुर्याउने नोक्शानको बारेमा थाहा नभएको कारण मानिसहरूमा यस्ता भ्रमहरू हुने गर्छन् ।

सुपारीको प्रयोगले हामीलाई धेरै असर पर्न सक्छ । सुपारीको सेवनले दाँतको समस्या निम्त्याउन सक्छ । यसको सेवनले दाँतको जरामा विभिन्न खालका समस्याहरू आउने गर्छन् । नियमित रूपमा सुपारी चपाउने गरेमा दाँत खिइने मात्र नभएर हाम्रो दाँत कमजोर हुँदै जान्छ ।

सुपारी खाँदा क्यान्सर पनि हुन सक्छ । अत्यधिक मात्रामा सुपारीको सेवन गर्नाले हामीलाई मुखको क्यान्सर हुने सम्भावना बढी हुन्छ । सुपारी सेवनको कारण मुखको क्यान्सरका बिरामीको संख्या बढ्दो छ । यस्तै यसको सेवनले मुटु रोग निम्त्याउन सक्छ । सुपारीको अत्यधिक सेवनले मोटोपना बढाउँछ । जसले हाम्रो शरीरमा कोलेस्ट्रोलको मात्रा बढाउँछ ।

सुपारीको सेवनले हाम्रो मुटुमा नकारात्मक असर पुर्याउने गर्छ । मुटुमा समस्या आउनुको एउटा कारण सुपारी सेवन पनि रहेको छ । हामीले प्रयोग गर्ने औषधिले कहिलेकाहि काम नगरेको अनुभव गरेका छौं होला, यदि सुपारीको बढी प्रयोग गरेको अवस्थामा अन्य औषधि तथा हर्वलसित मिसिएमा यसले शरीरमा रसायनिक प्रतिक्रिया जनाउँछ ।

निरन्तर सुपारीको प्रयोगले शरीरमा लत लगाउनुका साथै यसको बानी पार्छ, जुन छोड्नसमेत गाह्रो हुन्छ । त्यसैले चिकित्सकहरू जो कसैलाई सुपारी नखाने सल्लाह दिने गर्छन् ।

Loading...