fbpx

पत्रपत्रिकामा देश : न्यायधीशहरुमाथि १ सय ९ उजुरी

विराटनगर ८ कात्तिक । आठ वर्षअघि बलात्कारमा परेकी एक युवतीको मुद्धामा जिल्ला अदातल बैतडीले १३ वर्ष जेल सजाय तोकेको भएपनि तत्कालीन पुनरावेदन अदातल महेन्द्रनगरले अभियुक्तहरुलाई पुर्ण रुपमा निर्दाेष ठहर गरेको थियो ।

फेरी सर्वाेच्च अदालतले अभियुक्तहरुलाई दोषी ठहर गरेको छ । पुनरावेदन अदातल महेन्द्रनगरले सफाई दिएका बैतडीका सागर भट्ट र अम्मरराज अवस्थीलाइ सर्वाेच्च अदालतले दोषी ठहर गरी सजाय निर्धारणकोे लागि पेस गर्न आदेश दिएको छ । सर्वाेच्चका न्यायधीशद्वय सपना मल्ल प्रधान र हरिप्रसाद फूँयालको इजलासले अभियुक्तहरु दोषि रहेको ठहर गरेको हो ।

न्याय सम्पादनमा कैफियत देखिएका न्यायधीशहरुमाथि १ सय ९ उजुरी परेको छ । गत वर्षको जिम्मेवारीबाट ८७ र यो वर्ष २२ उजुरी परेको हो । गत वर्ष ६० वटा उजुरी फस्र्यौट भएको ५२ वटा तामेलीमा राखिएको छ भने ५ वटा उजुरीमा न्यायधीशलाई पदमुक्त गरिएको र ३ उजुरीमा न्यायधीशलाई सचेत गराइएको न्यायपरिषदका प्रवक्त मानबहादुर कार्कीले बताए । ंयो समाचार नयाँ पत्रिका दैनिक र नागरिक दैनिकले मुख्य समाचार बनाएर छापेका छन् ।

कान्तिपुर दैनिकमा व्यावसायिक सूचकमा सुधार शिर्षकामा समाचार छापेको छ । व्यवसायिक वातावरणको सूचकांक(डुईङ्ग बिजनेस इन्डेक्स)मा नेपाल १६ स्थानमाथि उक्लिएको छ । विश्व बैंकको नयाँ प्रतिवेदनमा विश्वका १९० मुलुकको सुचीमा नेपाल ९४ स्थानमा रहेको देखाएको छ । विश्व बैंकले हरेक वर्ष व्यवसायसँग सम्बन्धित १० विषयमा अध्ययन गरि व्यवसायिक वातावरण सम्बन्धि प्रतिवेदन सार्वजनिक गर्ने गर्छ । उसको प्रतिवेदनमा नेपालले ६३.२ अंक पाएको छ । १० सुचकममध्ये ५ वटामा गत वर्षभन्दा नेपालले राम्रो गरेको तर ३ वटा क्षेत्र भने गत वर्षभन्दा खराब अवस्थामा पुगेको छ । २ वट क्षेत्र भने जस्ताको तस्तै रहेको छ । समग्रमा नतिजा राम्रो देखिएपनि अहिले हौसिहाल्ने अवस्था भने नरहेको जानकारहरुले दिएका छन् ।

सरकारले तोकेभन्दा बढी शुल्क असुलेको विरोधमा वीरगञ्जको नेसनल मेडिकल कलेज शिक्षण अस्पतालमा विद्यार्थीहरुले आन्दोलन गरेका छन् । एमबिबिएस पहिलो र दोश्रो वर्षका विद्यार्थीबाट बढी शुल्क उठाएको विरोधमा आन्दोलन सुरु भएको हो । विद्यार्थीहरुले कलेज अगाडी प्रदर्शन गर्दा बाउन्सर लगाएर हातपात गरिएको र माइक तथा व्यानर समेत तोडफोड गरेको चिकित्सा शिक्षा सुधार संघर्ष समितिका प्रवक्ता नरेश भट्टले बताए ।

Loading...