fbpx

बाँध भत्किँदा १७ को मृत्यु

मस्को, ७ कात्तिक । रूसको कुरागिङ्स्की जिल्लामा रहेको एउटा बाँध भत्किँदा १७ जनाको ज्यान गएको छ । स्थानीय सञ्चार माध्यमहरुले जनाए अनुसार जिल्लाको क्रास्नोयास्र्क क्षेत्रमा रहेको बाँध भत्किएको हो ।

त्यो बाँध भन्दामाथि अन्य चार बाँध पनि भत्किएकाले त्यसको असर समेत यो बाँधमा परेको हो । प्रहरीको अनुसन्धान टोलीका सदस्यहरुले १७ जनाको मृत्यु भएको र अरु तीन जना अझै हराईरहेको जनाएका छन् । बाढीको कारण बाँध भत्किएको रुसी प्रहरीले जनाएको छ ।

Loading...