fbpx

बेलबारीमा पहिलो पटक नोबेल अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता हुने

मोरङ ७ कात्तिक । मोरङको बेलबारीमा पहिलो पटक नोबेल अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता हुने भएको छ । नोेबेल शिक्षण अस्पतालको प्रायोजनमा बेलबारी नगर सितोरियो कराते संघले मंसिर ६ देखि ८ गतेसम्म तीन दिने प्रतियोगिता कराँते प्रतियोगिता गर्न लागेको हो ।

मोरङमै पहिलो पटक हुन लागेको अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा नेपालसहित ८ देशका करिव ६ सय खेलाडी सहभागि हुने बेलबारी नगर सितोरियो कराते संघकी सदस्य सचिव एवं प्रमुख प्रशिक्षक कुन्ती गुरुङले बताइन् । प्रतियोगितामा नेपाल, भारत, श्रीलंका, बंगलादेश, भुटान, पाकिस्तान, मलेसिया र इराकका खेलाडी सहभागी हुने छन् ।

बिजेताले १ लाख, उप–बिजेताले ७५ हजार र तृृतियले ५० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । खेलको प्रायोजनका विषयमा आयोजक र नोबेल मेडिकल कलेजबीच सम्झौता समेत भएको छ ।

Loading...