fbpx

ट्रक भित्र मृत भेटिएका ३९ जना चिनियाँ भएको पुष्टी

लण्डन, ७ कात्तिक । बेलायतमा एउटा ट्रकभित्र भेटिएका ३९ जना सबै चिनियाँ नागरिकको भएको बताइएको छ । बेलायती सञ्चार मध्यमहरुले स्रोतलाई उद्धृत गर्दै सबै चिनियाँ नागरिक भएको पुष्टी गरेका छन् ।

पीडितहरु ट्रकको पछाडिको भाग कन्टेनरमा पूर्वी लण्डनको ग्रेज भन्ने स्थानमा मृत अवस्थामा बुधबार भेटिएका हुन् । उनीहरु बेल्जियमबाट डुङ्गामा लण्डन पुगेका थिए । मृतकमध्ये ३८ जना बयस्क र एक जना किशोर रहेको अधिकारीहरुले जानकारी दिएका छन् ।

शवहरु रहेको ट्रक बुधबार नै अति गोप्य तथा सुरक्षित ठाउँमा राखिएको अधिकारीहरुको भनाई छ । घटनाका बारेमा प्रहरी र चिनियाँ दूतावासले केही प्रतिक्रिया दिएका छैनन् ।

यसअघि सन् २००० मा पनि ५८ चिनियाँको शव डेनमार्कको ट्रकमा भेटिएको थियो । त्यतिबेलाको ट्रक दक्षिणपूर्वी बेलायती बन्दरगाहमा भेटिएको थियो । त्यहाँ भने दुई जना जीवितै थिए ।

Loading...