fbpx

झापामा नेपालकै ठूलो औद्योगिक पार्क बन्ने

काठमाडौं । झापामा नेपालको सबैभन्दा ठूलो औद्योगिक पार्क बनाउन प्रकृया सुरु गरिएको छ । झापाको दमक नगरपालिका, गौरादह नगरपालिका र कमल गाउँपालिकाको १६ सय हेक्टर (२२ सय बिगाहा) क्षेत्रफलमा नेपालको सबैभन्दा ठूलो आद्योगिक पार्क बनाउन लागिएको हो ।

औद्योगिक पार्क बन्न लागेको क्षेत्रमा लगानी बोर्डको नेतृत्वमा विशेष निरीक्षण कार्य भएको छ । लगानी बोर्डका सिइओ महाप्रसाद अधिकारीको नेतृत्वमा गएको टोलीले पार्क बन्न लागेको क्षेत्रको जग्गा निरीक्षण गरेको हो । निरीक्षण टोलीमा नेपाल औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेत, चीन–नेपाल मैत्री औद्योगिक पार्कका अध्यक्ष गोविन्द थापा लगायत थिए ।

निरीक्षण टोलीले स्थानीयसँग भेटघाट तथा अन्र्तक्रिया गरेको छ । निरीक्षण अनुगमनको क्रममा स्थानीयले औद्योगिक पार्क निर्माणको काम सिघ्र थाल्न र उद्योग स्थापना गर्न माग गरेका छन् । औद्योगिक पार्क चीन सरकारको सहयोगमा बन्न लागेको हो । चीन सरकारको बेल्ट एण्ड रोड परियोजना अन्र्तगत नेपालमा हुन लागेको यो पहिलो विकास निर्माण कार्य हो ।

Loading...