fbpx

घर पोत्ने कमेरो खन्ने क्रममा पुरिएर एक किशोरीको मृत्यु, अर्की एक घाइते

रोल्पा, ७ कात्तिक । रोल्पामा घर पोत्ने कमेरो खन्ने क्रममा पुरिएर एक किशोरीको मृत्यु भएको छ । तिहारका लागि घर रङ्गाउने कमेरो खन्ने क्रममा बिहीबार बिहान आएको पहिरोमा परी सुनिल स्मृति गाउँपालिका–५ काभ्राकी १८ वर्षीया पवित्रा सेनको मृत्यु भएको हो ।

रोल्पा नगरपालिका–३ कमिरेधारामा कमेरो खन्ने क्रममा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले घटनामा परी सोही ठाउँका २२ वर्षीया भावना रोका र २२ वर्षीया सीता घर्ती घाइते भएको बताए ।

रोकाको छातीमा र घर्तीको टाउकोमा चोट लागेको छ । प्रहरीचौकी सातदोबाटोबाट गएको प्रहरी टोलीले घाइतेको उद्धार गरिरहेको गुरुङले जानकारी दिए । उद्धारपछि घाइतेको उपचार गरिने प्रहरीले बताएको छ ।

उक्त घटनास्थल निकै जोखिमयुक्त रहे पनि स्थानीयवासीले दसँै तिहारमा घर रङ्गाउने कमेरो सोही ठाउँबाट खन्दै आएका छन् । दशै तिहारकै मौसममा अघिल्लो वर्ष पनि यहाँ एकजनाको मृत्यु भएको रोल्पा नगरपालिका–३ की सरमा विष्टले जानकारी दिइन् ।

Loading...