fbpx

राजनीति बिग्रँदा देश बिग्रन्छ : सांसद बस्नेत

भक्तपुर, ७ कात्तिक । प्रतिनिधिसभाका सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले राजनीति बिग्रँदा देश बिग्रने बताएका छन् । बिहीबार भक्तपुरको दुवाकोटमा नेकपाले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले नेपालको राजनीतिभित्र लुकेर बसेको अपराधीकरणको उजागर गर्ने अभियानको शुरुवात भएको बताए ।

वर्तमान सरकारले अभियानको शुरुवात गर्दै देशमा सुशासनको प्रत्याभूति दिएको बताउँदै उनले वर्तमान सरकारले नेपाली समाजलाई अपराधमुक्त, शान्ति र समृद्धि तर्फ अगाडि बढाएको बताए । राजनीति विग्रदा देश बिग्रने भएकाले राजनीतिलाई सही बाटोमा ल्याउने काम भइरहेको भनाइ राखे ।

सांसद बस्नेतले आगामी मङ्सिर १४ गते भक्तपुर क्षेत्र नं १ ‘क’ मा हुने प्रदेशसभाको उपनिर्वाचन निष्पक्ष बनाउन आफू लाग्ने बताउँदै नेकपाको सिद्धान्त र स्व हरिशरण लामिछानेको उद्देश्यलाई आत्मासात गर्ने व्यक्तिलाई नेकपाको तर्फबाट उम्मेदवार बनाउने बताए । रासस

Loading...