fbpx

‘हाउसफूल ४’का कारण दुई साता पछाडी सर्‍यो निश्चलको ‘घामड शेरे’

विराटनगर, ७ कात्तिक । फिल्म प्रदर्शनमा आउन दुई दिनअगाडि ‘घामड शेरे’ले आफ्नो पूर्वनिर्धारित रिलिज मितिबाट दुई हप्ता पछाडि सरेको छ ।

कात्तिक ८ गते रिलिज हुन अटेको फिल्म अब कात्तिक २२ गते रिलिज हुने भएको छ । फिल्मको लागि आज मात्र मल्टिप्लेक्समा शोज खुलेको थियो । हलमा शुक्रबार रिलिज हुन लागेको अक्षय कुमारको ‘हाउसफुल ४’का कारण मूख्य आम्दानीको हुने मल्टिप्लेक्समा हेमराज विसी निर्देशित ’घामड शेरे’ले न्यून शो पाएपछि फिल्मको रिलिज सारिएको हो ।

फिल्मको वितरण कम्पनीले प्रदर्शन मिति कात्तिक २२ मा सरेको जानकारी गराएको छ । रोमान्टिक तथा कमेडी जनरामा आधारित भएर निर्माण गरिएको फिल्ममा अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्काका साथ सुष्मा निरौला, बादल भट्ट, लोकेन्द्र लेखक, सरोज अर्याल र रोयलगायत कलाकारको अभिनय रहेको छ ।

फिल्ममा निश्चल स्वस्तिमा साली भेनाको भूमिकामा रहेका छन् । फिल्ममा अभिनेत्री गौरी मल्लको अतिथि भूमिकामा रहेको छ । निर्देशक विसीले वर्षौ विदेशमा कमाएको पैसाले गाउँमै खेतीपाती गर्ने योजना बोकेर गाउँ फर्किएको एक युवकको जीवनमा आउने उतार–चढावको कथालाई फिल्ममा उतारेको बताए ।

शहरिया युवापुस्ताको प्रेममा फिल्म बनाउने विसीले आफ्नो जनराभन्दा बाहिरको फिल्म गरेको र फिल्मले समाज र सिस्टमप्रति व्यंग्य गरेको बताउँछन् ।

 

Loading...