fbpx

भ्रष्टाचारविरुद्ध कठोर छु, प्रमाणसहित सूचना दिनुहोस् एक घण्टामा कारवाही हुन्छ : मुख्यमन्त्री

विराटनगर, ६ कात्तिक । मुख्यमन्त्री शेरधन राईले भ्रष्टाचारविरुद्ध आफू कठोर रूपमा प्रस्तुत हुने बताएका छन् । भ्रष्टाचारमा शून्य सहनशिलता अपनाएको दाबी गर्दै आएका मुख्यमन्त्री राईले कोशी अनलाइनसँगको कुराकानीमा भ्रष्ट्राचारविरुद्ध कठाेर रूपमा प्रस्तुत हुने बताएका हुन् ।

‘ कठोर ढंगले भ्रष्ट्रारचारमा शून्य सहनशिलता अपनाउने कुरा सुरुका दिनदेखि नै गर्दै आएको छु, यसमा म हदैसम्म कठोर बन्छु’, उनले भने’ ‘भोजपुरमा कर्मचारी पक्राउ परेपछि मैले आवश्यक सूचना संकलन गरेर त्यही दिनबाट आवश्यक एक्सनको काम सुरु गरेको छु ।’

मुख्यमन्त्री राईले सबै कार्यालय प्रमुखलाई कडा निर्देशन गरेको बताउँदै कसैले भ्रष्टाचार गरेकाे प्रमाणसहित उजुरी दिए तत्काल कारवाही गर्ने बताए ।  ‘मेरो मोबाइल र इमेलमा मलाई जानकारी दिन सर्वसाधरणलाई आह्वान गरेको छु ।’ उनले भने ‘तथ्यसहित आएका सूचनाहरुका अाधारमा कुनैपनि व्यक्तिलाई एक घण्टाभित्र कारवाही गर्ने सार्वजनिक घोषणा गरेको छु । भ्रष्टाचारको मामलामा आफैँ नेतृत्त्व गर्नेछु । प्रदेशमा भ्रष्टाचारलाई नियन्त्रण गर्ने र निर्ममतापूर्वक काम गर्ने गरी सबैलाई सहयोग गर्न आह्वान पनि गरेको छु ।’

‘प्रदेशमा अधिकार सम्पन्न एउटा अनुगमन संयन्त्र निर्माण गरी आफ्नै डेक्समा चिफ मिनिस्टर ड्यास बोर्ड राखेर सबैलाई निगरानी गर्ने उनले बताए । ’ चिफ मिनिस्टर ड्यास बोर्ड मार्फत प्रदेशकाे अनुगमन गर्छाै ‘  उनले भने,‘ भ्रष्टाराचारविरुद्धको अभियानको नेतृत्त्व गर्नेछु ।’

Loading...