fbpx

यस्तो बन्यो सलमानको ‘दबंग ३’ को ट्रेलर (भिडियोसहित)

विराटनगर, ७ कात्तिक । डिसेम्बर २० मा रिलिज हुने बलिउडका चर्चित अभिनेता सलमान खानको नयाँ फिल्म ‘दबंग ३’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक गरिएको ट्रेलरमा सलमान फेरि एकपटक चुलबुल पाण्डेको भूमिकामा देखिएका छन् ।

सार्वजनिक गरिएको ३ मिनेट २२ सेकेण्ड लामो ट्रेलर एक्सन र कमेडीले भरिएको छ । फिल्ममा सलमान, अभिनेत्री सोनाक्षी र साइ माञ्जरेकरका साथ माही गिल, टिनु आनन्द, सुदीप किच्चा र अरबाज खानलगायतको कलाकारहरूको मुख्य भूमिका रहेको छ । फिल्ममा कन्नडका सुपरस्टार सुदीपले भिलेनको भूमिका निर्वाह गरेका छन् ।

फिल्ममा सलमानले चुलबुल पाण्डेको युवा अवस्था र वयस्क अवस्थाको भूमिका निर्वाह गरेका छन् । वयस्क सलमानको पत्नीको भूमिकालाई सोनाक्षी सिन्हा देखिएकी छन् भने युवा सलमानको नायिकाको रूपमा साइको भूमिका रहेको छ । छ । प्रभु देवाले निर्देशन गरेको फिल्मलाई सलमान, अरबाज र निखिल द्विवेदीले निर्माण गरेका हुन् ।

फिल्मको कथा सलमान आफैँले लेखेका हुन् भने पटकथामा प्रभु देवा, दिलिप शुक्ला र अलोक उपाध्यायले सहकार्य गरेका छन् । ‘दबंग’को दुई सिक्वेलको अपार सफलतापछि तेस्रो सिक्वेल अलि बढी मनोरञ्जनात्मक हुने निर्माण टिमले जनाएको छ । यस फिल्मबाट अभिनेता, निर्माता तथा निर्देशक महेश माझेंकरकी छोरी साईलाई बलिउडमा डेब्यु गराएका हुन् ।

Loading...