fbpx

आजबाट ३९ लागे गायक हिमाल सागर

विराटनगर, ७ कात्तिक । आज अक्टोबर २४ अर्थात् गायक हिमाल सागरले आफ्नो जन्मदिन मनाउँदै छन् । धेरै अगाडिबाट सांगीतिक क्षेत्रमा होमिएर आफ्ना गीत–संगीतबाट स्रोताको मन जितिसकेका गायक हिमालले आज बिहीबार आफ्नो ३९औं जन्मदिन मनाउँदैछन् ।

aa

पछिल्लो समय पनि संगीतको क्षेत्रमा उत्तिकै सक्रिय रहेका हिमालले आज बेलुका आफ्ना साथीभाइसँग रमाइलो गरी जन्मदिन मनाउँदैछन् । ‘बुधबार राति नै केक काटेर साथीभाइले सप्राइज दिइसके,’ हिमालले भने, ‘अब बेलुका केही जमघट हुन्छ । तर, जे होस् जन्मदिन साना बेलाको जत्तिको रमाइलो भने हुँदैन ।’

यसैगरी हिमालले आफू सधैं जन्मदिनमा मन्दिर दर्शन गर्न जाने गरेको सुनाए । उनले भने, ‘प्रायः जन्मदिनमा मन्दिर जाने गरेको छु र आज पनि दर्शन गर्न मन्दिर जान्छु । आज अली भव्य हुन्थ्यो होला तर, सांगीतिक कार्यक्रममा लागि युरोप भ्रमणको तयारीमा छु त्यसैले आज त्यस्तो योजना बनाएको छैन ।’

हिमाल सागर सन् २००३ मा ‘रिलेशन’ एल्बममार्फत् सांगीतिक क्षेत्रमा पाइला राखेका हिमालले थुप्रै अवार्डहरू जितिसकेका छन् । सन् २००६ मा एशियन म्युजिक अवार्ड हात पार्न सफल गायक हिमालले अहिले पनि देश–तथा विदेशमा हुने सांगीतिक कार्यक्रमहरूमा आफ्नो प्रस्तुति दिँदै आइरहेका छन् । हालै रिलिज भएको उनको गीत ‘कसलाई थाहा छैन’ बढी चर्चामा छ ।

गायक हिमाललाई कोशी अनलाइनको तर्फबाट पनि जन्मदिनको शुभकामना ।

Loading...