fbpx

महाराष्ट्र र हरियाणाको विधान सभा निर्वाचनको मतगणना आज

नयाँ दिल्ली ७ कात्तिक । भारतको महाराष्ट्र र हरियाणा सम्पन्न विधानसभा चुनावको परिणामा आज आउँदै छ । अहिले ८ बजेपछि मतगणना सुरू हुने छ । केही समयपछि चुनावी रुझान सुरु हुने र दिउँसोसम्ममा कसले सरकार बनाउने हो भन्ने टुंगो लाग्ने छ ।

महाराष्ट्रमा गएको विधानसभा चुनाव भन्दा कम मतदान भएको छ । २८८ सदस्यीय महाराष्ट्र विधान सभामा सत्तारुढ बीजेपी र शिवसेनाको गठबन्धन निर्वाचनमा होमिएको छ । यस्तै भारतीय कांग्रेस पार्टी पनि अन्य दलहरुसंगको गठबन्धनमा चुनावमा भाग लिएको छ ।

२१ अक्टोबरमा भएको चुनावमा भएको चुनावमा हरियाणा विधान सभामा ९० सिटमा निर्वाचन भएको छ । दुवै राज्यमा भएको विधानसभा निर्वाचनमा कांग्रेस विजयी हुँदै सरकार बनाउने दाउमा छ भने सत्तासीन भारतीय जनता पार्टी विजयी यात्रालाई कायम राख्न चाहानछ । एक्जीट पोलका नतिजाले दुवै राज्यमा भारतीय जनता पार्टीकै सरकार बन्ने संकेत देखाएको छ ।

Loading...