fbpx

पत्रपत्रिकामा देश : भारतले बनाइदिएको धर्मशाला तीन तारे होटल चलाउन ठेक्का

विराटनगर ७ कात्तिक । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदले गत वर्ष नेपाल भ्रमणमा आएको बेला नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरेको धर्मशाला एक वर्ष नबित्दै पशुपति क्षेत्र विकास कोषले ठेक्का लगाएको समाचार नयाँ पत्रिका दैनिका छ ।

सुलभ दरमा तीर्थालु र पर्यटक बस्ने सुविधाका लागि भारतले बनाइदिएको सो धर्मशालामा अब महँगो शुल्क तिर्नेहरुमात्र बस्न सक्ने भएकाछन् । धर्मशालामा ३ सय ८८ कोठा भएपनि अब सबै भत्काएर जम्मा ८० वटा कोठा बनाइने भएको छ । भारत सरकारको २४ करोड अनुदान सहयोगमा सो धर्मशाला बनेको हो । पर्यटन तथा संस्कृती मन्त्री योगेश भट्टराईले जिलमा दिएको भन्ने सुनेको तर प्रक्रिया बुझ्न नपाएको बताए ।

ऋण तिर्न अर्काे ऋण शिर्षकमा कान्तिपुर दैनिकमा मुख्य समाचार छापिएको छ । सुदूरपश्चिम प्रदेश प्रमुख मोहनराज मल्ल परिवारले ३६ वर्षअघि किसानहरुको पुर्जा धितोमा राखेर लिएको ऋण नतिरिदिएपछि पुख्र्याैली जग्गा लिलाम हुन बाट बचाउन वार्षिक ६० प्रतिशतसम्म व्याजमा नाति पुस्ता ऋण लिन बाध्य भएको छ ।

कैलालीको जानकी गाउँपालिका ४ मुनुवामा २०४० ४१ सालतिर टेकबहादुर मल्लले राईस मिल सञ्चालनको लागि गाउँले सबैको जग्गा धितो राखेर नेपाल बैंकबाट पैसा उठाएका थिए । सुदूरपश्चिमाञ्चल प्रदेश प्रमुख मोहनराजका दाजू टेकबहादुरले ५२ किसानको ३ सय विघाको लालपूर्जा राखेका थिए । जग्गा फुकुवा भएपछि बेचेर पैसा तिर्ने भन्दै ती जग्गावालाका सन्तानले यतिबेला सयकडा ५ रुपैयाँ मासिक व्याजमा ऋण लिएर भएपनि बैंकको ऋण तिर्न लागेका हुन् ।

नेपालमा तिब्बतीमाथि निगरानी बढेको खबर आजको नागरिक दैनिकमा छ । नेपालमा चीनको प्रभाब बढ्दै जाँदा तिब्बती सरणार्थीका गतिबिधिमाथि पनि सरकारले निगरानी बढाएको दक्षिण तथा मध्य एसिया ब्यूरोकी कार्यवाहक सहायक विदेशमन्त्री एलिस डब्ल्यू वेल्सले मंगलबार बताएकी छिन् । उनले अमेरिकी संसदको एसिया तथा प्रशान्त क्षेत्र हेर्ने परराष्ट्र उपसमितिमा यस्तो बताएकी हुन् ।

Loading...