fbpx

लण्डन नजिकै ट्रकभित्र ३९ मृत फेला

लण्डन ६ कात्तिक । बेलायतको राजधानी लण्डन नजिकैको औद्योगिक पार्कमा रहेको एक ट्रकभित्र ३९ व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।

३९ जनाको शव सहितको सो ट्रक बुल्गेरियाबाट बेलायत आएको हो । एसेक्सक्स प्रहरीका अनुसार लण्डनबाट पूर्वमा रहेको ग्रेजको पार्कमा भेटिएका सबै व्यक्तिलाई सोहीस्थलमा मृत घोषित गरिएको थियो । मृतकहरूमा ३८ जना बयस्क र एक किशोर रहेको प्रहरीको प्रारम्भिक जानकारीमा उल्लेख छ ।

घटनामा सम्लग्न भएको आरोपमा आरोपमा २५ बर्षीय उत्तरी आयरल्याण्डका यूवकलाई प्रहरीले पक्राउ गरेको छ ।

एसेक्स प्रहरीका प्रहरी प्रमुख सुपरिक्षक एन्ड्रु मारिनरले एक विज्ञप्ति जारी गरी गर्दै घटना दुःखद् भएको बताए । घटनाबारे वास्तविकता खोज्न अनुसन्धान सुरू भइसकेको उनले बताएका छन् । प्रहरीका अनुसार घटनाबारे स्थानीय एम्बुलेन्सले बिहान १ः४० जानकारी गराएको र प्रहरी तत्काल सो स्थानमा पुगेको थियो ।

मृतकको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । उत्तरपश्चिमी राज्य वेल्स जानका लागि ट्रक शनिबार बेलायती भूमिमा प्रवेश गरेको थियो । प्रहरीले ट्रक (लरी) चालकलाई सुरक्षा नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।

Loading...