fbpx

‘घामड शेरे’ : समाज र सिस्टमप्रति सटायर

विराटनगर, ६ कात्तिक । कथा वस्तु चोरेको आरोप लागेको हेमराज बिसी निर्देशित ‘घामड शेरे’ ले समाज र सिस्टमप्रति सटायर हानेको भनिएको छ । चर्चित निर्देशक तथा अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्काको मुख्य अभिनय रहेको फिल्मलाई बलिउडका अभिनेता अक्षय कुमारको फिल्म ‘ओ माई गड’ को कथा वस्तु चोरीको आरोप लागेको हो । फिल्ममा निश्चल स्वस्तिमा साली भेनाको भूमिकामा रहेका छन् ।

यस विषयमा निर्देशक बिसीले वर्षौ विदेशमा कमाएको पैसाले गाउँमै खेतीपाती गर्ने योजना बोकेर गाउँ फर्किएको एक युवकको जीवनमा आउने उतार–चढावको कथालाई फिल्ममा उतारेको बताए । शहरिया युवापुस्ताको प्रेममा फिल्म बनाउने बिसीले आफ्नो जनराभन्दा बाहिरको फिल्म गरेको र फिल्मले समाज र सिस्टमप्रति व्यंग्य गरेको बताउँछन् ।

मानव समाजमा जिद्धि, एकसुरे, अरुले भनेको नसुन्ने र नटेर्ने व्यक्तिलाई घामड भन्ने गरिन्छ र फिल्ममा निश्चलले घामडको पात्र निभाएका हुन् । उनले फिल्मको कथावस्तु फिल्म छायांकन भएको स्थान सुर्खेतको आसपासमा घटेको एउटा घटनासँग नजिक भएर बनेको स्पष्टिकरण दिए । सुर्खेतमा एक व्यक्तिले आफूले किनेको खेतलाई खोलाले बगाएपछि खोलालाई नै मुद्धा हालेको कहावतबाट फिल्मको कथाको जन्म भएको निर्देशक बिसी बताउँछन् ।

सुर्खेततिर यो जोक्स निकै चर्चित रहेको र धेरैले यसलाई सत्य मानेपनि कसैलाई यसको वास्तविकता थाहा छैन । फिल्मको आइडिया त्यहीँबाट आएको बिसीले थपे । रोमान्टिक तथा कमेडी जनरामा आधारित भएर निर्माण गरिएको फिल्ममा निश्चल र स्वस्तिमाका साथ सुष्मा निरौला, बादल भट्ट, लोकेन्द्र लेखक, सरोज अर्याल र रोयलगायत कलाकारको अभिनय रहेको छ । फिल्ममा अभिनेत्री गौरी मल्लको अतिथि भूमिकामा रहेको छ ।

Loading...