fbpx

‘नेहालाई चुम्बन गर्ने प्रतियोगीलाई कुट्नु पर्थ्यो’

विराटनगर, ६ कात्तिक । बलिउडको चर्चित रियालिटी शो ‘इन्डियन आइडल’को एघारौं संस्करणमा जजका रूपमा रहेकी गायिका नेहा कक्कड जबर्जस्ती चुम्बनकी सिकार बनिन् ।

af

उनलाई शोमा अडिसन दिन आएका एक प्रतियोगीले अंकमाल गरेर जबर्जस्ती गालामा चुम्बन गरे । सोनी टिभीले ट्वीटरमार्फत शेयर गरेको उक्त चुम्बनको भिडियो अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।

यस्तेमा उक्त घटनाका बारेमा प्रतियोगिताका अर्का जज विशाल डाड्लानीको भनाइ सार्वजनिक भएको छ । विशाललाई मेन्सन गर्दै आयुष्मान नामका एक व्यक्तिले ट्वीट गरेका थिए । आयुष्मानले लेखेका थिएः त्यो केटालाई झापड हान्नु पथ्र्यो । त्यसले कसरी त्यस्तो काम गर्ने हिम्मत नै गर्यो ? मलाई आशा छ, तपाईंहरूले त्यसलाई त्यसै जान दिनु भएन ।

आयुष्मानको ट्वीटको जवाफमा विशालले लेखेका छन्, ‘मैले प्रहरीलाई नै बोलाउनु पर्छ भनेर सल्लाह दिएको थिएँ, तर नेहाले ती युवकलाई त्यसै छाडिदिने निर्णय गरिन् । उसलाई वास्वतमै मनोेवैज्ञानिक सहयोगको खाँचो छ । अब हामीले गर्न सक्ने भनेको उसको उपचार हो ।’

सो प्रतियोगिले शोमा नेहाको लागि थुप्रै उपहारका साथै टेड्डी बियर पनि लिएर आएका थिए । उनले नेहालाई एकएक गरेर सबै उपहार दिने क्रममा नेहाले उनलाई खुसी हुँदै सामान्य तरिकाले अँगालो हालेकी थिइन् । तर, प्रतियोगीले त्यहिँ बेला आफ्नो सीमा नाघेर नेहालाई चुम्बन गरे । त्यसपछि शोका होस्ट आदित्य नारायणले रोक्न खोजेका थिए । तर, उनी सफल हुन सकेनन् ।

Loading...