visit-nepal

फोक्सोको क्यान्सरको मुख्य कारण धुम्रपान, यस्ता छन् लक्षण

विराटनगर, ६ कात्तिक । फोक्सोको क्यान्सर, जुन महिला र पुरुष दुवैमा क्यान्सरबाट हुने मृत्युको प्रमुख कारण बन्दै आएको छ । चिकित्सक तथा वैज्ञानिकहरूका अनुसार हरेक १० जना धुम्रपान गर्नेहरूमध्ये ८ जनालाई फोक्सोको क्यान्सर हुने सम्भावना रहेको देखिन्छ ।

फोक्सोका कोषहरुको असामान्य रूपमा वृद्धि भएर तिनले आफ्नो चरित्रमा परिवर्तन ल्याउँछन् तब फोक्सोको क्यान्सर हुने गर्छ । फोक्सोमा क्यान्सर भएमा फोक्सोको कोशिका अनियन्त्रित रूपमा बढ्ने गर्छ । र, उक्त कोषिका बढ्दै गई ट्यूमरको रूपमा परिणत हुन्छ । धुम्रपान, मदिरापान तथा सूर्तीजन्य पदार्थको सेवनलगायतका कारण पनि मानिसहरूमा फोक्सोको क्यान्सर हुने गर्दछ । धुम्रपानलाई फोक्सोको क्यान्सरमा प्रमुख कारक तत्त्व मानिएको छ ।

कार्डियो थोरासिक सर्जन डा.सम्पूर्णमान तुलाधरका अनुसार धुमपान नगर्नेलाई फोक्सोको क्यान्सर नहुने भन्ने हुँदैन । तर, जोखिम भने धुम्रपान गर्नेमा धेरै हुन्छ । प्यासिभ स्मोकर अर्थात् चुरोट पिउनेहरूको अगाडि बस्दा हावासँगै चुरोटको धुँवा पनि तानिने हुँदा फोक्सोको क्यान्सरको खतरा हुन्छ ।

asf

त्यसबाहेक, फोक्सोको क्यान्सर वंशानुगत रूपमा नसर्ने भए पनि लाग्ने सम्भावना बढाउने हुँदा वंशाणुगत कारण, वायु प्रदुुषण, कमजोर रोग प्रतिरोधात्मक क्षमता, फोक्सोसम्बन्धी दीर्घकालीन रोग, एचआइभी संक्रमण भएका व्यक्तिलगायतका कारण पनि फोक्सोको क्यान्सर हुने गर्दछ ।

फोक्सोको क्यान्सर भएमा खोकी लाग्ने, कफ आउने, स्वाःस्वा हुने, खकारमा दाग देखिने, एक्सरे गर्दा छातीमा दाग देखिनेलगायतका लक्षण देखा पर्दछ । फोक्सोको क्यान्सरको प्रमुख लक्षण भनेको कफ आउने खालको खोकी लाग्ने भएकोले यदि कसैलाई बारम्बार खोकी लागेमा भने तूरुन्तै चिकित्सकका जचाउनु आवश्यक हुन्छ ।

फोक्सोको क्यान्सर आफैँमा जटिल भएकाले यो रोग सजिलै पत्ता लगाउन नसक्ने हुँदा धुमपान धेरै गर्ने मानिस, जोखिममा रहेका मानिसहरू तथा लक्षण देखापरेका मानिसहरूले निश्चित उमेर कटेपछि फोक्सोको क्यान्सर भए–नभएको हेर्न बेलाबेलामा डाक्टरको परामर्श लिएर सिटी स्क्यान, पेट स्क्यान तथा रगतको जाँच गरेर पनि फोक्सोको क्यान्सर भए नभएको सजिलै पत्ता लगाउन सकिन्छ ।

Loading...