fbpx

चिनियाँ राष्ट्रपति सि जिनपिङले ब्राजिलका राष्ट्रपतिलाई भेट्ने

बेइजिङ, ६ कात्तिक । ब्राजिलका राष्ट्रपति जाइर मेसियास बोल्सोनारो चिनियाँ राष्ट्रपति सि जिनपिङसँग भेट गर्ने भएका छन् । चिनियाँ राष्ट्रपति सि जिनपिङको निमन्त्रणामा बिहीबारदेखि शनिबारसम्म ब्राजिलका राष्ट्रपतिले चीन भ्रमणमा गर्ने भएका हुन् ।

ब्राजिलको राष्ट्रपतिका रूपमा निर्वाचित भएपछि उनको यो पहिलो भ्रमण हो । सन् १९५५ मा ब्राजिलको साओ पाओलोमा जन्मिएका बोल्सोनारो गत बर्ष ब्राजिलको राष्ट्रपति बनेका हुन् । उनले राष्ट्रपतिको जिम्मेवारी यसै वर्षको जनवरी १ देखि सम्हालेका थिए ।

चीनमा रहँदा उनले राष्ट्रपति सीलगायतका उच्च पदस्थ अधिकारीसँग भेट्नुहुने कार्यक्रम तय भएको छ । उनीहरूबीच दुई देशबीचको कुटनीतिक तथा आर्थिक सम्बन्ध विस्तारका बिषयमा भेटवार्ता केन्द्रित रहने बताइएको छ । रासस

Loading...