fbpx

तिहारका लागि स्वदेशी फूल, मूल्य बढ्न सक्ने

यज्ञ अधिकारी

रंगेली ६ कात्तिक । ‘झिलीमिली झिलीमीली फूलको झिलीमीली’ तिहारमा देउसे–भैलेले भट्याउने भाकाले झल्काउ छ, तिहारमा फूलको महत्त्व कति छ भन्ने । फूलको महत्त्व बढी भएका कारण तिहारमा सयपत्री र मखमली फूलको माग अत्याधिक हुन्छ ।

fd

दिदी–बहिनीले आफ्ना दाजुभाइलाई सप्तरंगी टीकासँगै फूलको माला लगाइदिने परम्परा पुरानो हो । तिहारमा घर पसल श्रृगार गर्न पनि फूलकै प्रयोग हुन्छ । तिहारलाई लक्षित गरेर नेपालमा पनि फूलको खेती प्रशस्तै हुन्छ । स्वदेशमा उत्पादन बढेपछि भारतबाट हुने फूलको आयात पनि घटेको छ । विराटनगरका अधिकाशं नर्सरी सञ्चालक तिहारको लागि आफैँ पनि फूलको खेती गर्छन् । आफ्ना उत्पादनले नपुगेमा भारतको कोलकत्ताबाट फूल ल्याउने गरेको एक व्यापारी शंकर बंगालीले बताए । अहिले सयपत्री फूलको प्रतिमाला ५० मा बेचे पनि तिहारमा फूलको अवस्था हेरेर मूल्य घटबढ हुन सक्ने उनले बताए ।

फूल उत्पादन गरिरहेको हिमालय नर्सरीले तिहारसम्मलाई पुग्ने फूल आफैँले उत्पादन गरेको छ । आफ्नो उत्पादनले नपुगेमा बाहिरबाट पनि फूल प्रशस्त मगाउन सकिने नर्सरीले जनाएको छ । उत्पादन भएका फूल सकिएपछि फेरि रोप्नको लागि साना बेर्ना तयारी अवस्थामा रहको छन् । तिहारको समयमा प्राकृतिक फूल मात्र होइन कृतिम फूलको पनि माग बढ्ने गरेको छ ।

dfg

लामो समयसम्म टिक्ने भएकोले मानिसहरूले सजावटको लागि कृतृम फूल रोजने गर्छन् । तिहारमा सजाउनको लागि कृतम फूल माग बढ्ने गरेको टिनु अग्रवालले बताइन् । बजारमा सहजै फूलका माला उपलब्ध भएपछि विराटनगरका स्थानीयले तिहारमा फूलको माला किनेर प्रयोग गर्ने गरेका छन् । तिहारमा फूलको माला बजारमा किनेर प्रयोग गर्ने गरेको विराटनगरका गोविन्द ढकालले बताए ।

भारतबाट आएन फूल

यता तिहारको समयमा सयपत्रीलगायतका कुनै पनि फूल भन्सार कार्यालयबाट नभित्रिएको कार्यालयले जनाएको छ । भन्सार कार्यालयबाट सयपत्रीलागायतका फूल अघिल्लो आर्थिक वर्ष र यस वर्ष पनि नभित्रिएको विराटनगर भन्सारका सूचना अधिकारी मणिराम पौडेलले बताए ।

नेपालमा फूल खेती अहिले बढ्दै गएको छ । प्रदेश १ मा पनि प्रशस्त फूलको खेती हुने गरेको छ । तिहारलाई लक्षित गरेर प्रदेशको धनकुटा, झापा, इलाम जिल्लाहरूमा फूल खेती हुने गरेको छ । मोरङ सुनसरीमा पनि केही किसानहरूले फूलको खेती गर्ने गरेका छन् । जसले भारतीय फूलको आयात विस्थापनमा सहयोग पुगेको छ ।

Loading...