fbpx

सिरियाका विषयमा टर्की र रुसबीच सहमति, सेफ जोन खाली गर्न कुर्द लडाकुलाई १५० घण्टाको समयसीमा

विराटनगर ६ कात्तिक । रुस र टर्कीले सहमति गर्दै सिरियाका कुर्द लडाकुलाई १ सय ५० घण्टा भित्र सेफ जोन (सुरक्षित क्षेत्र) खाली गर्न चेतावनी दिएका छन् ।

रुसका राष्ट्रपति भ्लादमिर पुटिन र टर्कीका राष्ट्रपति रचेप तैय्यप अर्दोआनले रुसको सोचीमा भएको बैठकमा सिरियाका विषयमा सहमति भएको हो । सिरियाको सरकारलाई रुसले समर्थन गर्दै आएको छ भने अमेरिकाले कुर्द लडाकुलाई सहयोग गरेको थियो । स्लामिक स्टेट विरुद्धको लडाईमा अमेरिकाले कुर्द लडाकुलाई सहयोग गरेको भएपनि बीचैमा अमेरिकले सिरियाबाट सेना फिर्ता गर्ने भएपछि टर्कीले कुर्द लडाकु भएको क्षेत्रमा हमला सुरु गरेको थियो ।

टर्की सिरिया सीममा रुस र टर्की दुबै देशका सैनिक तैनाथ छन् । यो क्षेत्रबाट अमेरिकाले भने सेना फिर्ता लगेको छ । सहमति पछि सिरिया र टर्कीको संयुक्त फौजले त्यस क्षेत्रको सुरक्षा गर्ने भएका छन् । टर्की र सिरियाको सीमा क्षेत्रबाट ३२ किलोमिटरसम्मलाई सेफ जोन भन्दै त्यस क्षेत्रबाट १ सय ५० घण्टामा कुर्द लडाकु समूह फिर्ता गर्न समय दिइएको हो । सो क्षेत्रमा कुर्दिस पिील्स प्रोटेक्सन यूनिट्सको दबदबा रहेको छ ।

सिरियाले आफ्नो सीमा क्षेत्रमा गतिविधि सञ्चाल गरिरहेको कुर्द लडाकु समूहलाई आतंककारी मान्दै आएको छ भने रुसले सिरियाको राष्ट्रपतिलाई समर्थन गरिरहेको छ । यसबीचमा रुस र टर्कीकाबीचमा देखिएको टकराब स्थिती टरेको छ । सहमति गर्दै रुसले सिरियामा गतिविधि सञ्चालन गर्न टर्कीलाई अनुमति दिएको छ ।

Loading...