fbpx

भारतले कश्मीर कब्जा गरेकै हो : मलेसियाली प्रधानमन्त्री महाथिर

मलेसिया ६ कात्तिक । मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले भारतले कश्मिरमाथि कब्जा गरेको भन्दै यो विषयमा मलेसियाको धारणा स्पष्टल रहेको बताएका छन् ।

महाथिरले संयुक्त राष्ट्रसंघको सभामा सेप्टेम्बर २४ मा सम्बोधन गर्दै भारते कश्मीर कब्जा गरेको बताएका थिए । यो विषयमा भारतले आपत्ति जनाएपनि उनले मलेसियाको धारणा नफेरिने बताएका हुन् । उनको भनाईले दुई देशबीच व्यापारयुद्धको अवस्था आउन लागेपनि उनले कश्मीरको विषयमा धारणा परिवर्तन नहुने बताएका छन् ।

भारतका व्यापारीले मलेसियाबाट आयात हुने पाम तेलको आयात रोक्ने धम्की दिएपनि उनले भने बोलेर पछि हट्ने बानी नभएको भन्दै धारणा नफेर्ने प्रतिकृया दिएका हुन् । संयुक्त राष्ट्र संघको प्रस्ताव अनुसार कश्मीर मामला सुल्झाउनु पर्ने उनको भनाई छ ।

मलेसियाको संसद अघि पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री महाथिरले भारत सरकारले पाम तेलको आयात गर्ने घोषणा नगरेको भन्दै व्यापार द्विपक्षीय रहेको प्रतिकृया दिए । व्यापारीहरुको संगठनले पाम तेलको आयात रोक्ने धम्की दिएपनि भारत सरकारले औपचारिक निर्णय गरेको छैन् ।

Loading...