fbpx

ब्राजिलमा उडिरहेको प्लेन सडकमा खस्दा पाइलटसहित ३ जनाको मृत्यु

ब्राजिल ६ कात्तिक । ब्राजिलमा उडिरहेको प्लेन सडकमा खस्दा ३ जनाको मृत्यु भएको छ । बेलो हरिजोन्ट शहरमा सानो विमान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको र तीनजना गम्भीर घाइते भएका छन् ।

इन्जिनमा समस्या आएपछि सोमबार राजधानी शहर मिनास गेराइज राज्यको आवासीय इलाकाको सडकमा विमान खसेको थियो । विमानले सडकमा गुडिरहेका तीनवटा कारलाई ठक्कर दिएपछि आगलागी भएको थियो । विमान विस्फोटमा परी चार ओटा गाडीमा क्षती पुगेको छ । विमानमा एक चालक र तीन यात्रु सवार थिए ।

विमानका एक व्यक्ति, कारका एक र एक पैदल यात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । विमानका तीन र एक कार यात्री घाइते भएका छन् । घाइतेहरुको अवस्था चिन्ताजनक रहेको छ । इल्हेअस शहरका लागि उडेको केही समयभित्रै विमान दुर्घटना भएको थियो ।

Loading...