यसपटकको तिहारमा यसरि सेलरोटी पकाउनुहोस्

विराटनगर ६ कात्तिक । हिन्दुहरूको दोश्रो ठुलो चाड तिहारको चहलपहल सुरु भइ सकेको छ । तिहार नजिकिदै जाँदा बजारमा किनमेल गर्नेदेखि लिएर घर घरमा गुलिया र चिल्ला परिकार पकाउनेहरूको चहलपहल सुरु भएको छ । झिलिमिलीको पर्व भनिने तिहार विशेष परिकार हो, सेलरोटी । सेलरोटी खान अधिकांस सबैलाई मन पर्छ तर, पकाउन भने कमैलाई आउने गर्छ । यो तिहारमा दाजुभाईलाई खुवाउन सजिलै संग सेलरोटी बनाउन सिकौ ।

सेलरोटी बनाउन चाहिने भाँडा : सेल पकाउँदा राम्रोसँग तैरिने खालको गाहिरो र सम्म पिँध भएको कराई या ताई, एक फिट लामो बाँसका दुई मोटो सिन्का । सेल रोटी पकाउँदा तयारी पिठो कराईमा सजिलै संग खन्याउनका लागि पानीको बोतललाई आधा काटेर मुखतिरको भाग, सेल राख्ने नांग्लो ।

सेलरोटी बनाउन चाहिने सामाग्री : आवश्यकता अनुसार चामल (चामलको पिठो बजारमा किन्न पनि पाइन्छ । तर, घरमै चामल भिजाएर बनाउदा सेल राम्रो हुन सक्छ ) , मैदा एक कप, रोटि फुलाउनका लागि खाने सोडा, पानी अथवा दुध, घ्यु दुई कप, चिनी दुई कप, एक लिटर खाने तेल, मन भए अलिकति अंलैची, ल्वाङ्ग तथा काजु राख्न सकिन्छ ।

सेलरोटी बनाउने बिधि : चामललाई राम्ररी पखालेर रातभर भिजाउने, भोलिपल्ट चामलबाट पानी हटाउने र थोरै थोरै गर्दै दुई चम्चा चिनी र एक चम्चा घिउ हाल्दै सिलाउटो वा ग्रान्डरमा पिनेर पिठो बनाउनु पर्छ । पिठो राम्रो र ललिसो हुनुपर्छ । यसरी नै सबै चामल पिसिसकेपछि पिठोमा आधा कप मैदा हालेर बिस्तारै थोरै–थोरै पानी राख्दै मज्जाले मोल्नु पर्छ ।

धेरै बाक्लो पेस्टमा पनि राम्रो सेल बन्दैन । पेस्ट पातलो भएको खण्डमा मैदा वा चामलको पिठो थोरै थपेर फेरि राम्ररी मोल्न सकिन्छ । पिठोलाई एक देखि दुई घन्टा यसै छाडिदिने । यसो गर्दा पिठोमा रहेका सबै कुराहरू राम्रोसँग घोलिन्छ । तातेको कराईमा भाँडोको दुई इन्च माथिसम्म आउनेगरी तेल राखेर, तेल तात्न दिनु पर्छ ।

अब तातेको तेलमा काटेको बोलतको सहायताले मुछेको पेस्टलाई गोलो आकार हुने गरेर हाल्नु पर्छ । सेल गोलो नभएको खण्डमा सिन्काको साहयताले बिस्तारै मिलाउनु पर्छ । सेललाई राम्रोसँग पाक्ने गरेर दुबैपट्टि फर्काएर सुनौलो खैरो नहुन्जेल पकाउनु पर्छ । तातो सेलरोटी तयार भयो ।

Loading...