fbpx

पत्रपत्रिकामा देश : द्वन्द्वकालमा कुकुरबाट बलत्कार गराइयो

विराटनगर ६ कात्तिक । दाङको घोराहीमा द्वन्द्वपिडित साझा चौतारीले आयोजना गरेको भेलामा आफ्नो पिडा सुनाउँदै एक युवतीले पक्राउ गरेपछि सैनिकले कुकुरलाई इज्जत लुट्न लगाएको बताएकी कान्तिपुर दैनिकमा समाचार छ ।

२०५८ साल मंसिरमा एक राती पक्राउ परेकी उनले पक्राउ परेकै रात पिट्दै लगेर घरभन्दा पर जंगल छेउको खेतमा पुर्याएर सर्वाङ्ग नांगो पारेर इज्जत लुट्न दुईवटा कुकुर छोडिदिएको बताएकी छिन् । नाच्दा लगाएको पटुका च्यातेर आँखामा पट्टी बाँधेर उनीहरुलाई पशविक यातना दिएको रुदै कारुणीक बयान दिएकी हुन् । कुकुरलाई इज्जत लुट्न लगाएर चिसापानी व्यारेक पुर्याएका सैनिकले कुटपिट र बलात्कार गर्दा कपडामै दिसा चुहिएको थियो ।

उनीहरुले हातैले सोहोर्न लगाउने र हात धुन नदिई खान लगाउने गरेको उनले बताइन् । ब्यारेकमा रजस्वला भएको बेला झोला माग्दा सैनिकले तेल लगाएर बन्दुकको नाल पुच्छने गरेको कपडा दिएको उनले बताउँदा सबै उपस्थितको आँखा रसाइसकेको थियो । युवतीको गोपनियता राख्न अर्कै कोठामा राखेर स्पिकरबाट आवाज सुन्ने व्यवस्था गरिएको थियो ।

ती युवतीको बयान सहि भए द्वन्द्वकालमा यातनाको नयाँ ढाँचा उजागर भएको विज्ञहरुले बताएका छन् । फरेन्सिक विशेषज्ञ डा.हरिहर वस्तीले नेपालमा यस्तो नसुनेको बताउँदै युवतीको भनाई साँचो भए गम्भीर अपराध भएको भन्दै यसको अनुसन्धान हुनु पर्ने बताए । यस्तो अपराधलाई जेनेभा सन्धिले युद्ध अपराधका रुपमा राखेको छ ।

नयाँ पत्रिका दैनिकले डोजर इन्जिनियरको आतंक शिर्षकमा मुख्य समाचार छापेको छ । मान्छेमाथि नै डोजर चलाएर डोजरको बकेटले हिर्काउदाँ एक महिला बेहोस भएकी थिइन् । यस्तै ७ जना घाइते भएका छन् । बैतडीको दशरथ चन्द नगरपालिका ९ मा एक्स्काभेटर मालिकले मनपरि रुपमा सडक खन्न लगाएपछि आवरोध गर्दा गाउँले माथि नै चालक किशोर बोहराले एक्स्काभेटर चलाएका हुन् ।

प्रहरीले चालकसहित ४ जनालाई पक्राउ गरेको छ । यो समाचार कान्तिपुर दैनिकलेपनि मुख्यपृष्ठमा छापेको छ । विवादको कारण सो सडक खन्न नगरपालिकाले बजेट नछुट्याएको भएपनि मालिक केशवदत्त जोशी एक्स्काभेटर लिएर बाटो खन्न पुगेका थिए । अबरोध गर्ने क्रममा घाइते भएकी गौरा जोशीको नेपालगञ्जमा उपचार भईरहेको छ । अबरोध गर्ने समूहलाई एक्स्काभेटर सोहोरे जथाभाबी बकेटले हिर्काइएको थियो ।

राजपुर बमकाण्डका बेला रौतहटमा कार्यरत सिडियो दुर्गा भण्डारी, सशस्त्र प्रहरीका जिल्ला प्रमुख रामकृष्ण लामा र सरकारी वकिलको कार्यालयका प्रमुख ध्रुुु्रवमणि ज्ञवली छानबिनको दायरामा तानिएको समाचार नागरिक दैनिकले मुख्यपृष्ठमा छापेको छ । रौतहटको राजपुर बमकाण्डका आरोपित कांग्रेस नेता मोहम्मद अफताव आलमलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

Loading...