fbpx

पत्रपत्रिकामा प्रदेश : जुवा खेल्न प्रशासनको अनुमति

विराटनगर ६ कात्तिक । जिल्ला प्रशासन कार्यालय झापाको अनुमतिमा झापाको विर्तामोडमा सञ्चालन भइरहेको विर्तामोड मिनि महोत्सवमा जुवाजन्य खेल निर्वाध रुपमा भइरहेको छ ।

नयाँ सृष्टि समाज सुधार केन्द्र विर्तामोडको आयोजनमा भएको महोत्सवमा लक्की ६, माल कट्टा, ब्रेक घिर्नी र डट बोर्ड जस्ता जुवाजन्य खेल भइरहेको ब्लाष्ट टाइम्समा खबर छ । तर जिल्ला प्रशासन कार्यालय झापाले भने यस विषयमा अनविज्ञता प्रकट गरेको छ । प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले मिनि महोत्सवमा जुवा खेलाइएको बारेमा आफूलाई केही थाहा नभएको बताए । रानाले यस्तो भएको भए बुझेर नियन्त्रणमा लिने बताए । महोत्सव तिहारसम्म सञ्चालन हुने बताइएको छ ।

डाक्टरहरुले फुड सप्लिमेन्ट (खाद्य पुरक) सामग्री बिरामीलाई सिफारिस गर्ने गरेको भेट्टाएको र त्यस्ता सामग्री बिक्रि वितरण रोक्न प्रतिष्ठानका उपकुलपति र औषधि पसलहरुलाई बोधार्थ औषधि व्यवस्था विभाग शाखा कार्यालय विराटनगरले दिएको भएपनि अझै बिक्रि रोकिएको छैन् ।

बीपीका डाक्टरहरुले अझै खाद्य पुरक सामग्री सिफारिस गर्न नछोडेको औषधि पसल सञ्चालकहरुले बताए । औषधि पसलहरुको छलफलले त्यस्ता खाद्य पुरक सामग्री हटाउने निर्णय गरेपनि डाक्टरहरुले भने सिफारिस गर्न नछोडेको खबर पनि ब्लाष्ट टाइम्समा छ ।

मोरङको धनपालथानमा उपचुनावको तयारी सुरु भएको छ । जनविद्रोह दैनिकमा छापिएको खबरमा धनपालथानको वडा नम्बर २ मा वडाध्यक्ष पदको लागि निर्वाचन हुन लागेको हो । नेपाली कांग्रेसले भने उपनिर्वाचनको लागि सर्वसम्मत रुपमा नारायणप्रसाद साहको नाम सिफारिस गरेको छ । यस्तै अन्य दलहरुमा पनि उम्मेदवार बन्नेहरुको दौडधुप सुरु भएको छ । तत्कालिन नेकपा एमालेको तर्फबाट विजयी भएका बलराम भगत गन्गाईको सर्पले डसेर मृत्यु भएपछि उपनिर्वाचन हुन लागेको हो ।

उर्लाबारीको विवाद अदालतमा, फेरि सर्याे पेसी शिर्षकमा उद्घोष दैनिकमा खबर छ । मेयर र उपमेयरबीच अधिकार बाँडफाँडमा देखिएको समस्या विवाद अदालतमा पुगेर अड्किएको छ । एकलौटी रुपमा नगरसभा बसेर निर्णय गरेको भन्दै उपमेयर लक्ष्मीदेवी भण्डारीले मेयर खड्ग फागोबिरुद्ध उच्च अदालत विराटनगरमा दायर गरेको मुद्दाको सुनुवाई सकेर सोमबार फैसला आउने भनिएपनि उक्त मुद्दा पेसीमा चढेको छ । उच्च अदालत विराटनगरका रजिष्टार ठगिन्द्र कट्टेलले आगामी मंसिर २ गतेकोलागि पेसी मुद्दा पेसी चढेको बताए ।

नागरिक पूर्वेलीमा प्रदेश १ को ३८ प्रतिशत खेतियोग्य जमिनमा मात्रै सिँचाई सुविधा पुगेको समाचार छ । भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले आयोजना गरेको अन्र्तरक्रियामा ६२ प्रतिशत जमिनमा सिँचाई सुविधा नहुँदा उत्पादकत्वमा असर परिरहेको जनाएको छ । मन्त्रालयका सचिव विमलकुमार निर्मलले प्रदेश सरकारले सिँचाईलाई प्राथमिकतामा राखेर योजनाहरु ल्याएको बताए ।

कान्तिपुर दैनिकको प्रदेश १ पृष्ठमा तिहारको सामग्री आयातमा कमी भएको समाचार छापेको छ । भारत लगायत तेश्रोमुलुकबाट तिहारको लागि आयात हुने सामग्रीको आयातमा यो वर्ष कमी आएको विराटनगर भन्सार कार्यालयले जनाएको छ । यो वर्ष प्लाष्टिकका पूmल, बदाम, सुपारी, किसमिस तथा ताजा फलफूलको आयात कम भएको हो । तर काजु, छोगडा, झिलिमिली विजुली बत्तीको आयात भने बढेको छ ।

Loading...