fbpx

क्यानडामा प्रधानमन्त्री ट्रुडो विजयी, तर बहुमत गुमाए

ओट्टावा ५ कात्तिक । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोको लिबरल पार्टीले सोमबार सम्पन्न संसदीय निर्वाचनमा सबैभन्दा बढी स्थान जित्न सफल भए पनि पूर्ण बहुमत भने पाउन सकेन् ।

संसदमा सबैभन्दा ठूलो दल भएका कारण प्रधानमन्त्री जस्टिनले नै सरकार गठनका बारेमा साना दलहरुसँग छलफल थालेका छन् । मतगणना अन्तिम अवस्थामा रहँदा संसदको कूल ३ सय ३८ स्थानमध्ये जस्टिनको दलले १ सय ५६ स्थानमा विजयी हुने देखिएको छ । मुख्य विपक्षी एन्ड्रु सियरको कन्जरभेटिभ्सले १ सय २२ स्थान जित्नेछ ।

मंगलबार बिहानैदेखि प्रधानमन्त्री जस्टिनले सरकार गठनको तयारी सुरु गरेका छन् । प्रधानमन्त्री जस्टिनले सोमबार मतदान सकिएलगत्तै समर्थकहरुलाई सम्बोधन गर्दै क्यानाडाली जनताले विभाजन र सरकारी अनुदानमाथिको निर्भरतालाई अस्वीकार गरेको बताए । उनले क्यानडाका जनताले प्रगतिशील एजेन्डा र जलवायू परिवर्तन सम्बन्धी सरकारका बलिया योजनालाई खुलेर समर्थन प्राप्त भएको बताए ।

४७ वर्षीय प्रधानमन्त्री जस्टिनमाथि ४० दिने चुनावी प्रचारका क्रममा मतदाताले चार वर्षे पहिलो कार्यकाल र आगामी दिनका योजनाका बारेमा अनेक प्रश्न गरेका थिए । उनले क्यानडाको इतिहासमै यस पटकको चुनावी अभियान “असाध्यै घिनलाग्दो र निम्नस्तरको” भन्दै यसमा सुधार आवश्यक रहेको बताए ।

Loading...